नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

Published on

काठमाडौं । पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सात दशमलव ३९ अङ्कले बढेर दुई हजार ६१४ दशमलव ०७ को बिन्दुमा कायम भएको हो । आज ३३१ कम्पनीको ८७ लाख ४२ हजार ८४ कित्ता शेयर ६२ हजार ६६५ पटक खरिद बिक्री हुँदा कारोबार रकम रू तीन अर्ब ७५ करोड ५० लाख २७ हजार ७९५ मा खुम्चिएको छ । आजको कारोबारमा बैंकिङ शून्य दशमलव १२, लघुवित्त शून्य दशमलव ०६, निर्जीवन बीमा शून्य दशमलव १७ र व्यापार समूह शून्य दशमलव ०१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

विकास बैंक शून्य दशमलव ३१, वित्त शून्य दशमलव ४०, होटल तथा पर्यटन शून्य दशमलव ८८, जलविद्युत् शून्य दशमलव ८४, लगानी शून्य दशमलव १६ र जीवन बीमा शून्य दशमलव ८२ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन शून्य दशमलव ५३, म्युचुअल फण्ड शून्य दशमलव ३७ र अन्य समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य तीन दशमलव ८८ प्रतिशतले घटेको छ । कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रू ३१ करोड ९२ लाख छ हजार ७१३ बराबरको सात लाख ६८ हजार ६५ कित्ता शेयर किनबेच भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

तीन वर्षमा पनि बनेन रेसुङ्गा सभाहल

काठमाडौं । यहाँको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल निर्माण तीन वर्षसम्म पनि सम्पन्न भएको...

प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता...

गृहमन्त्री अर्याल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवबिच शिष्टाचार भेट

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर मामिला हेर्नुहुने) मुनु...

आन्तरिक आम्दानी नभएका ३५ विद्यालयलाई रतुवामाई नगरपालिकाद्वारा विद्युत् महसुल राहत

काठमाडौं । मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका सामुदायिक विद्यालयहरूलाई विद्युत् महसुल तिर्न सहयोग...