म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु

Published on

काठमाडौं । म्यानमाको अस्पतालमा भएको सैन्य हवाई आक्रमणमा ३० जनाभन्दा बढीको ज्यान गएको एक जना सहायता कार्यकर्तालाई उदृत गर्दै एएफपीले जनाएको छ । म्यानमाको गृहयुद्ध सुरु भएदेखि जुन्टाले हवाई आक्रमण बढाएको  द्वन्द्व पर्यवेक्षकहरूले बताएका छन् ।  सेनाले डिसेम्बर– २८ देखि सुरु गर्ने मतदानको विरोध घोषणा गर्दै विद्रोहीहरूले यसलाई आफ्नो नियन्त्रणको क्षेत्रबाट रोक्ने वाचा गरेका छन्, जसलाई जुन्टाले फिर्ता लिन लडिरहेको छ । एक सैन्य जेटले बुधबार साँझ बङ्गलादेशको सिमानामा रहेको पश्चिमी राखाइन राज्यको म्राक–यूको अस्पतालमा बम प्रहार गरेको अस्पतालका सहायता कर्मी वाई हुन आङले बताउनुभएको छ । अवस्था निकै डरलाग्दो भएको बताउँदै उहाँले ६८ जना घाइते भएकाले थप मानिसहरुको मृत्यु हुन सक्ने बताउनुभएको छ । अस्पताल बाहिर जमिनमा कम्तीमा २० वटा शव देखिएको जनाइएको छ । जुन्टाका प्रवक्तालाई हाल सम्म सम्पर्क गर्न नसकिएको जनाइएको छ । 

राखाइन राज्य लगभग पूर्ण रूपमा अराकान आर्मी (एए) द्वारा नियन्त्रित छ भने एक जातीय अल्पसङ्ख्यक समूह सेनाले लोकतान्त्रिक नेता आङ सान सुकीको नागरिक सरकारलाई अपदस्थ गर्नुभन्दा अघि देखि सक्रिय छ । स्वास्थ्य विभागको विज्ञप्तिमा हवाई आक्रमणमा अस्पतालका १० जना बिरामीहरूको “घटनास्थलमै मृत्यु  भएको जनाइएको छ । शक्तिशाली प्रतिद्वन्द्वी–ए. ए. म्यानमालाई ध्वस्त पार्ने गृहयुद्धमा सबैभन्दा शक्तिशाली विपक्षी समूहहरूमध्ये एकको रूपमा देखापरेको छ, भने अन्य जातीय अल्पसङ्ख्यक लडाकुहरू र प्रजातन्त्र समर्थक पक्षपातीहरू पनि सक्रिय छन् ।  सेनाद्वारा सञ्चालित चुनावको संयुक्त राष्ट्र लगायतका पर्यवेक्षकहरूले व्यापक आलोचना गरेका भए पनि बेइजिङ आफ्नो छिमेकीमा “सामाजिक स्थिरता पुनःस्थापना“ गर्नुपर्ने भन्दै प्रमुख समर्थकका रूपमा देखापरेको छ ।

द्वन्द्व पर्यवेक्षकहरूका अनुसार ए–एले जुन्टाका लागि शक्तिशाली विरोधी साबित भएको छ र अहिले राखाइनको १७ वटा बस्ती नियन्त्रण गरेको छ । यस समूहलाई यस क्षेत्रका अधिकांश मुस्लिम रोहिंग्या जातीय अल्पसङ्ख्यकमाथि अत्याचार गरेको आरोप पनि लगाइएको छ । यसै बीच सेनाले राखाइनलाई अवरुद्ध गरेको छ, जसले मानवीय सङ्कट, भोकमरी र कुपोषणमा वृद्धि गरेको विश्व खाद्य कार्यक्रमले  बताएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

साइँलाको ‘क्यानभासमा हिमाल’ चित्रकला प्रदर्शनी

काठमाडौं । चित्रकार भीम सुब्बा तामाङ (बाबु साइँला) ले गृह जिल्ला लमजुङमा एकल चित्रकला...

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी  वृद्धि भएको छ । सुन तोलामा...

नेत्रलाल स्मृति भवन समुदायलाई हस्तान्तरण तयारीमा

काठमाडौं । घोराही उपमहानगरपालिका–१७, गुलरियास्थित सहिद स्मारक पार्क तथा सांस्कृतिक सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको...

अण्डाको लागत मूल्य बढ्यो

काठमाडौं । अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि...