एनपिएल : दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै

Published on

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा साँझ ४:०० बजे सुरु हुने खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ । सुदूरपश्चिम रोयल्स यसअघि फाइनलमा पुगिसकेको छ ।  पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।

लुम्बिनी एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई चार विकेटले हराएर दोस्रो क्वालिफायरमा पुगेको हो । लिग चरणमा लुम्बिनीले विराटनगरलाई पाँच विकेटले हराएको थियो । आज विराटनगरलाई लुम्बिनीसँग बदला लिने मौकासमेत छ । आजको विजेता र सुदूरपश्चिमबिच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...