नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा

Published on

काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तार योजना अन्तर्गत नवलपुर खण्डमा अब एउटा मात्रै पुल निर्माण गर्न बाँकी छ । नवलपुर खण्डको गैँडाकोटदेखि दाउन्नेको पैँसट्ठी मोडसम्मको ६५ किलोमिटर क्षेत्रमा पर्ने ३४ वटा ठुला पुलमध्ये ३३ वटा पुल निर्माणको काम सम्पन्न भएको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो । नवलपुर खण्डमा पर्ने ३४ वटा ठुला पुलमध्ये अरुणखोलाबाहेक सबै पुलको काम सकिएको उहाँले बताउनुभयो । “कावासोतीको केरुङ्गेखोला र चोरमाराको गिरुबारीखोलामा एप्रोच सडकको काम भइरहेकाले अबको केही दिनमै पुल सञ्चालनमा आउँछ । अरुणखोलामा अब थोरै काम मात्रै बाँकी छ । पुलको काम लगभग अब पूरा हुने अवस्थामा छ,” खनालले भन्नुभयो । 

यस खण्डमा २५ मिटर लम्बाइसम्मका छोटा २२ वटा पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गरिएको छ । जसमध्ये अब अरुणखोलाको पुल निर्माण सम्पन्न हुन बाँकी रहेको अन्तिम पुल हो । यस खण्डमा निर्माण हुने कलभर्ट पनि अब दाउन्नेमा मात्रै थोरै काम बाँकी रहेको सूचना अधिकारी खनालले बताउनुभयो । “दाउन्नेमा अब दुई वटा कलभर्ट निर्माणका क्रममा छन् । त्यसमा पनि आधा आधा मात्रै बाँकी छ । अब केही दिनभित्रै निर्माण सकिन्छ,” खनालले भन्नुभयो । उहाँका अनुसार अहिले पूर्वी खण्डमा मुख्य रूपमा काम गर्न बाँकी रहेको दाउन्ने क्षेत्र र त्यसबाहेकका क्षेत्रमा पनि धमाधम काम भइरहेको छ । नवलपुर खण्डमा दाउन्नेबाहेक गैँडाकोटको जयश्रीखोलाको पुरानो पुल भएको सडक, चोरमाराको गिरुबारी पुल, अरुणखोला पुल, कावासोतीको केरुङ्गेखोला पुल र दुम्किबासको विनयीखोलाको पूर्वपट्टिको भागमा मात्रै कालोपत्रेको काम बाँकी रहेको छ । अन्य क्षेत्रमा कालोपत्रेको काम सकिएको छ । कालोपत्रे सकिएको बजार क्षेत्रमा सर्भिस लेनको कालोपत्रे गर्ने काम, सडकबिचको डिभाइडर सफा गर्ने, फाइनल कालोपत्रे गर्ने कार्य जारी राखिएको खनालले जानकारी दिनुभयो । दाउन्ने क्षेत्रमा चैतसम्ममा काम सक्ने गरी ढलानको काम चलिरहेको उहाँले बताउनुभयो । 

नारायणगढ–बुटवल सडक विस्तार योजना विसं २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साल साउन २२ गते सम्पन्न गर्ने गरी, एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा, चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रो पटक म्याद थप भएको थियो । यस अवधिमासमेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको थियो । अहिले चौथो पटक म्याद थप गरेर काम अघि बढिरहेको छ ।  गोरखापत्र 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...