बागलुङ कांग्रेसले केन्द्रमा पठायो उम्मेदवार आकाङ्क्षीको नाम

Published on

काठमाडौं । नेपाली कांग्रेस बागलुङले क्षेत्रीय समितिबाट सिफारीस भएर आएको उम्मेदवार आकाङ्क्षीहरुको नामावली प्रदेश समिति मार्फत केन्द्रीय समितिमा पठाएको छ । नेपाली कांग्रेस बागलुङको बैठकले क्षेत्रबाट सिफारीस भएर आएका उम्मेदवार आकाङ्क्षीहरुको नामलाई रायसहित माथिल्लो समितिमा पठाउने निर्णय गरेको हो । ‘‘उम्मेदवारको सिफारीस गर्ने अधिकार क्षेत्रीय समितिलाई छ, जिल्लाले आफ्नो राय मात्रै दिने हो,’’ नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले भन्नुभयो, ‘‘हामीले रायसहित क्षेत्रबाट आएको नामलाई नै प्रदेश समिति मार्फत केन्द्रीय समितिमा पठाउने निर्णय गरेका छौं ।’’ प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार दाबी गरेर क्षेत्रबाट आएका सबैको नाम माथि पठाउने निर्णय भएको हो । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेस बागलुङ प्रतिनिधि सभा क्षेत्र नं.–१ बाट १९ जनाको नाम सिफारिस गरिएको छ । क्षेत्रीय समितिको बैठकबाट प्रत्यक्ष तर्फ १० जना  समानुपातीकमा सात जना र राष्ट्रिय सभामा दुई जना आकाङ्क्षीको नाम सिफारिस गरिएको हो ।

प्रत्यक्ष तर्फ कांग्रेसका केन्द्रीय सदस्य किरणराज पौडेल, कांग्रेस बागलुङका पूर्व सभापति एवम् गण्डकी प्रदेशका पूर्व मन्त्री मणिभद्र शर्मा कंडेल, पूर्व पार्टी सभापति एवम् संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, कांग्रेस महासमिति सदस्य एवम् पूर्व त्रिवी सभापति भिम श्रीष, पूर्व महाधिवेशन प्रतिनिधि एवम् नेविसंघका पूर्व उपाध्यक्ष सागर परियार, कांग्रेस बागलुङका पूर्व जिल्ला सदस्य हरि आचार्य, जिल्ला सदस्य जगन्नाथ आचार्य, क्षेत्र नं. १ प्रदेश सभा (ख) का सभापति दलबहादुर श्रीष राना, कांग्रेसका जिल्ला सदस्य एवम् नेपाल महिला संघ बागलुङका अध्यक्ष सिता सापकोटा कंडेल र  नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुजन सापकोटाको नाम सिफारिस गरिएको छ । प्रतिनिधि सभाका लागि समानुपातिक तर्फ पूर्व केन्द्रीय सदस्य रत्ना शेरचन, पूर्व जिल्ला सभापति हरिप्रसाद श्रेष्ठ, कांग्रेस महाधिवेशन प्रतिनिधि एवम् गण्डकी प्रदेश समितिका सदस्य शकुन्तला शर्मा, महाधिवेशन प्रतिनिधि एवम् गण्डकी प्रदेश सदस्य पार्वती आचार्य, कांग्रेस पूर्व जिल्ला सदस्य पदमबहादुर पुन, पूर्व महाधिवेशन प्रतिनिधि एवम् नेपाल तरुणदलका केन्द्रीय सदस्य शेरबहादुर विश्वकर्मा पूर्व महाधिवेशन प्रतिनिध र कांग्रेस गण्डकी प्रदेश स्वास्थ्य विभागका सहसंयोजक डा. रामबहादुर केसीको नाम सिफारिस गरिएको छ ।

क्षेत्रीय समितिले राष्ट्रिय सभाको उम्मेदवारका लागि नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका सदस्य एवम् जैमिनी नगरपालिकाका निवर्तमान नगरप्रमुख इन्द्रराज पौडेल र महाधिवेशन प्रतिनिधि विष्णु पौडेल दारीको नाम सिफारिस गरिएको छ । कांग्रेस क्षेत्र नम्बर २ ले प्रत्यक्षमा १० जना समानुपातीकमा चार जना र राष्ट्रिय सभामा तीन जनाको नाम सिफारीसर गेको छ ।  प्रत्यक्ष तर्फ अर्जुन शेरचन, टेकराज पौडेल, नरबहादुर पुन निरज, मञ्जेशबम मल्ल, गिता श्रीष, धुव्र गौतम, डण्डापानी शर्मा ऋषिराम कंडेल, डिलाराम शर्मा र देवेन्द्र कुमार घर्ति मगर रहनुभएको छ । सिफारिस भएका अर्जुन शेरचन कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन भने कांग्रेस गण्डकी प्रदेश सदस्य समेत हुनुहुन्छ । उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा पराजित भएका हुनुभएको थियो । टेकराज पौडेल हाल कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन उनी नेपाल विद्यार्थीको राजनीतिदेखि नेपाल तरुणदल हुँदै १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार हुनुहुन्थ्यो । नरबहादुर पुन निरज पनि महाधिवेशन प्रतिनिधिसहित संविधान सभा सदस्य पनि हुनुहुन्छ । २०६४ सालको संविधान सभा निर्वाचनमा क्षेत्र नम्बर ३ बागलुङबाट पुन निर्वाचित भएका हुनुभएको थियो ।

सिफारिस हुनुभएको मञ्जेशबम मल्ल हाल महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । उहाँ २०७४ सालको प्रदेश सभा निर्वाचनमा क्षेत्र नं. २ प्रतिनिधि सभा (क) को उम्मेदवार हुनुहुन्थ्यो । बाम गठबन्धनका कारण मल्ल पराजित हुनुभएको थियो । गिता श्रीष, ऋषिराम कंडेल देवेन्द्र बहादुर घर्ति पनि हाल महाधिवेशन प्रतिनिधि हुनुहुन्छ भने डण्डपाणी कंडेल पूर्व महासमिति सदस्य हुनुहुन्छ । सिफारिस भएका धुव्र गौतम, डिलाराम शर्मा पूर्व महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । प्रतिनिधि सभाका लागि समानुपातिक तर्फ रेणुका काउचा मगर, सागर छन्त्याल, मायाकुमारी केसी र भिमु क्षेत्री सिफारिस हुनुभएको छ । काउचा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा गलकोट नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । काउचा नेपाल महिला संघको केन्द्रीय सदस्य समेत हुनुहुन्छ भने २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक उम्मेदवारको सूचिमा हुनुहुन्थ्यो । सागर छन्त्याल नेपाली कांग्रेस बागलुङका उपसभापति र माया केसी जिल्ला सदस्य हुनुहुन्छ ।

समानुपातिकमा नै सिफारिस हुनुभएकी भिमु क्षेत्री कांग्रेस क्षेत्रीय सदस्य रहेको सभापती बुढा मगरले जानकारी दिनुभयो ।  यस क्षेत्रबाट राष्ट्रिय सभाका लागि पनि तीन जनाको नाम सिफारिस गरिएको छ । जसमा वरिष्ठ अधिवक्ता रामप्रसाद आचार्य, डा. शान्तराज न्यौपाने र मेशलाल शर्मा रहेका हुनुहुन्छ । आचार्य र न्यौपाने पूर्व महासमिति सदस्य र  शर्मा प्रदेश  (ख) का क्षेत्रीय सभापति हुनुहुन्छ । कांग्रेस बागलुङको वीपी स्मृति भवन निर्माणलाई सम्पन्न गर्नका लागि थप योगदान गर्नका लागि सबैलाई आह्वान गर्ने पनि बैठकले निर्णय गरेको छ । पार्टीको आगामी महाधिवेसनलाई केन्द्रमा राखेर क्रियाशील सदस्यता नवीकरणका लागि तोकिएको समय मङ्सिर मसान्त भित्र सक्नेगरी काम अगाडि बढाएको सचिव शर्माले बताउनुभयो ।

‘‘क्षेत्र नम्बर २ को सदस्यता नविकरणको फाईल हामीकहाँ आइपुगेको छ, अब त्यसको इन्ट्रीको काम सुरु भइसक्यो,’’ उहाँले भन्नुभयो, ‘‘क्षेत्र नम्बर १ ले आइतबारसम्म ल्याइपुर्याउ छ  । हामीले मङ्सिर २९ गते राति १२ बजेभित्र यो का सम्पन्न गर्छौं ।’’ केन्द्रीय परिपत्र अनुसार नयाँ क्रियाशील सदस्यता वितरणका लागि अहिले आवेदन फाराम वडामा पुगेको र तोकिएकै समयमा त्यसको काम पूरा हुने उहाँले बताउनुभयो कांग्रेस बागलुङका सभापति जितहादुर शेरचनको अध्यक्षतामा भएको बैठकमा नेपाली कांग्रेसका विभिन्न तहका नेता कार्यकर्ताले समसामयिक राजनीतिक परिवेश र कांग्रेसको भूमिका बारेमा आफ्ना भनाइहरु राख्नुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...