सिड्नी गोलीकाण्ड : मृतकको सङ्ख्या १६ पुग्यो

Published on

काठमाडौं । सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जनाएको छ । न्यू साउथ वेल्स राज्यको प्रहरीले सोमबार बिहान गोलीकाण्डपछि १६ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।  प्रहरीको एक विज्ञप्तिमा १४ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य दुई जनाको अस्पतालमा मृत्यु भएको उल्लेख छ । मृतकहरूको उमेर १० देखि ८७ वर्षका बिचमा रहेको र आक्रमणकारीमध्ये एक जना पनि समावेश छन् ।

घाइते भएका ४० जनाको अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ । न्यू साउथ वेल्स प्रहरी बलका आयुक्त माल लान्योनले पत्रकार सम्मेलनमा दुई जना कथित बन्दुकधारी ५० वर्षीय पुरुष र उनका २४ वर्षीय छोरा रहेको बताउनुभयो । घटनास्थलमै मारिएका ५० वर्षीय व्यक्तिले कानुनी रूपमा ६ वटा बन्दुक बोकेका लाइसेन्स प्राप्त बन्दुकधारी भएको ल्यान्योनले बताउनुभयो । यो १९९६ मा तस्मानिया टापु राज्यको पोर्ट आर्थरमा ३५ जनाको मृत्यु भएपछि अीट्रेलियाको सबैभन्दा घातक सामूहिक गोलीकाण्ड हो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...