चुन्नु कठरियाको लोभ लाग्दो व्यवसायिक कृषि कर्म

Published on

काठमाडौं । दुई वर्ष खाडी मुलुक साउदीमा बसेर पसिनाको मूल्य बुझेका बर्दगोरिया गाउँपालिका २ दोधराका चुन्नु कठरियाले नेपाली माटोमै सुन फलाउने अठोटका साथ कृषि कर्ममा लागेको एक दशक भइसक्यो । उहाँले व्यवसायीक खेतीपातीलाई बढाउँदै लानुभएको छ ।  एक विगाह दशकट्ठाबाट सुरु भएको व्यवसायी फलफूल तथा तरकारी खेतीको दायर बढाउँदै अहिले उहाँले पाँच बिगाह क्षेत्रफलमा पुगाउनु भएको छ । ४० वर्षीय चुन्नुले उत्साहित हुँदै भन्नुभयो, “सुरुमा ठुलो लगानी लगाउन समस्या थियो । सानोबाट सुरु गर्दै अहिले दश÷बाह्र वर्ष भयो व्यवसायीक खेतीमै छु । अहिले साढे पाँच बिगाह जमिनमा आलु र केरा लगाएको छु ।” आफ्नो जमिन नभएका चुन्नुले सबै जमिन ठेक्कामा लिएर  व्यवसायी खेती गर्नुभएको हो । उहाँले बार्षिक ४० हजार प्रति बिगाहको दरले ठेक्कामा जमिन लिएको बताउनुभयो। सुरुमा केरा खेती गरेका चुन्नुले पछिल्लोसमय आलु खेतीमा आम्दानी राम्रो देखेपछि व्यवसाय बढाउनुभएको हो । उहाँले लट केरा खेती गरि सकेपछि अहिले तेस्रो लट केरा रोप्नु भएको छ । बर्दगोरिया र लम्कीचुहा नगरपालिकामा जग्गा ठेक्कामा लिएर व्यवसायी तरकारी तथा फलफूल खेती गरेका चुन्नुलाई गतबर्ष आलुले धोका दियो । 

बिउ राम्रो नपरेपछि आलु सोचे जति फलेन । गतबर्ष घाटा नभएपनि फाईदा आउन सकेन । त्यसैले यसबर्ष उहाँले गतबर्षको फाईदा उठाउने गरि नयाँ तरिकाले खेती गर्नु भएको छ । चुन्नु भन्नुहुन्छ, “फाइदाबाट नै ठेक्का बुझाउने हो । गत वर्ष फाइदा नभएपछि यसबर्ष यसो आईडिया लगाएँ । केराको बेर्ना आउन ढिला भएकाले लगाउन ढिला भयो । केराको बिच बिचमा खुर्सानीको बेर्ना रोपेँ । बिचको खाली जमिनमा आलु रोपेको छु । केराका बेर्ना हुर्कदै छन् । खुर्सानी फलेरपनि दैनिक ५० किलो उत्पादन दिन्छ । आलु मङ्सिरको अन्तिमसम्म खन्नेहुन्छ । खुर्सानीको आम्दानीले गतबर्षको नाफालाई पूर्ति गर्यो ।” चुन्नुले केरा फल्न डेढबर्ष लाग्ने भएकाले केराले आम्दानी नदिदाँसम्म आम्दानीको विकल्पमा केरासंगै खुर्सानी र आलु लगाएको बताउनुभयो । उहाँले यो वर्ष पाँचसय क्विन्टल आलु उत्पादन हुने बताउनुभयो । टिपेस र एलवोस्टन जातको आलु लगाएका चुन्नुले आलुको बजारीकरणमा समस्या नभएको सुनाउनुभयो । उहाँले एलवोस्टन आलु चिप्स बनाउन प्रयोग हुने भएकाले कम्पनीलेनै बिउ दिने र उत्पादन सबै कम्पनीलेनै उठाउने उल्लेख गर्नुभयो । अहिले आठ कक्षासम्म अध्ययन गरेका चुन्नुको कृषी कर्ममा श्रीमती प्रेमपति चौधरीलेपनि साथ दिनुभएको छ । चुन्नुले व्यवसायीक आलु, केरा खेतीसँगै व्यवसायी बङ्गुर पालनसमेत गर्नुभएको छ । उहाँले बङ्गुरका पाठापाठी बेचेरसमेत राम्रो आम्दानी गरेको बताउनुभयो । प्रेमपतिले भन्नुभयो, “श्रीमानले खेतीपातीमा ध्यान दिनुहुन्छ । मैले बङ्गुरको रेखदेखमा समय दिन्छु । बङ्गुरका पाठापाठी बेच्न थालेको पाँच वर्ष भइसक्यो ।”

चुन्नुले व्यवसायी कृषी कर्मबाट सन्तुष्ट भएको बताउनुभयो । उहाँले व्यवसायी खेतीबाटको आम्दानीबाट नै दुईतलाको पक्की घर बनाउन सफल भएको सुनाउनुभयो । दुई छोरीहरु संस्थागत विद्यालयमा पढ्दैछन् ।  प्राकृतिक विपत्, किराको संक्रमण नहुने हो र समयमै राम्रो विउ मलको सुविधा हुने हो भने नेपालमा कृषीमा राम्रो आम्दानी गर्नसकिने अनुभव चुन्नुले सुनाउनुभयो । उहाँले भन्नुभयो “ राम्रो गर्नेलाई सरकारलेपनि पचास “प्रतिशत अनुदान कृषीमा दिन्छ । मैलेपनि विउमा अनुदान पाएको छु ।” गोरखापत्र

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...