अख्तियारले माग्यो विवरण, छानबिनको तयारी

Published on

काठमाडौं । पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । आयोगको बुटवलस्थित कार्यालयले अस्पतालको नाममा पत्राचार गरी अनियमिततासम्बन्धी विवरण माग गरेको हो । जिल्ला अस्पतालमा लामो समयदेखि पटक–पटक मेडिकल सुपरिटेन्डेन्ट (मेसु) भई प्रशासन चलाएका डा. नूरुल होदासहित तत्कालीन व्यवस्थापक र प्रशासनका कर्मचारीहरूको मिलोमतोमा विभिन्न क्षेत्रमा गैरकानुनी र अनियमितताका कार्य भएको आशङ्का गरिएको छ ।

अनियमितताको रहस्य बाहिरिँदै
गत कात्तिक महिनामा अस्पतालका अध्यक्ष जगदीश चौधरीले करोडौँ मूल्यका उपकरण, औजार र मेसिनरीहरूको लगत विवरण तयार पार्न जिम्मेवारी तोकेपछि अनियमितताका शृङ्खलाहरू बाहिर आउन थालेका हुन् । कर्मचारीहरूका अनुसार, यदि अख्तियारले विस्तृत छानबिन गरेमा धेरै व्यक्तिहरू तानिने सम्भावना छ । अस्पतालका निमित्त मेसु डा. प्रकाश ढकालले अख्तियारबाट लिफ्टलगायत भवन निर्माणबारे जवाफ माग गर्दै पत्र आएको पुष्टि गर्नुभयो । उहाँका अनुसार, उक्त भवन निर्माण कार्य भवन पूर्वाधार कार्यालयको जिम्मेवारीमा रहेकोले सोही कुरा उल्लेख गरी जवाफ पठाउने तयारी भइरहेको छ । ढकालले विगतमा भएको करोडभन्दा बढीको अनियमितताको आरोपबारे अस्पताल प्रशासनले आन्तरिक अनुसन्धान गरिरहेको बताउनुभयो । १४ करोडको योजनामा लिफ्टका लागि दुई करोडभन्दा बढी रकम भुक्तानी भइसक्दा पनि लिफ्ट सञ्चालनमा छैन । बिरामीहरू दोस्रो र तेस्रो तल्लामा कठिनाइपूर्वक हिँड्न बाध्य छन् । मर्मत सम्भारको म्याद सकिँदै गर्दा यसको भार कसले बेहोर्ने भन्ने प्रश्न उठेको छ ।

६० लाख मूल्य बराबरको अत्याधुनिक एक्स–रे मेसिन खरिद गरी दाखिला गरिए पनि यो मेसिन सुरुदेखि नै सञ्चालनमा आएको छैन । स्रोतका अनुसार, मेसिन बनाउनै नसक्ने अवस्थाको भए पनि सप्लायर्सले लागत निकाल्ने योजनाअनुसार सरकारी अस्पतालमा थन्काएको आरोप छ । करोडौँ मूल्यका औजार र उपकरणहरू स्टोरमा त्यसै थन्किएका छन् । कतिपय सामग्रीको विल र आवश्यक कागजात नै भेटिएको छैन । प्रयोग नहुँदै सर्जिकल सामग्रीहरू खिया लागेर नष्ट हुने अवस्थामा पुगेका छन् । स्वास्थ्य बीमाको रकममध्ये ४१ लाख रुपियाँ माग नै नगरिएको र किन माग गरिएन भन्ने प्रश्न अनुत्तरित छ । अस्पतालका कनिष्ठ कर्मचारीहरूले अनियमिततामा व्यवस्थापन र प्रशासनका साथै मन्त्रालय तथा निर्देशनालयसम्मको पहुँचको भूमिका रहेको आशङ्का व्यक्त गरेका छन् । नागरिक समाजले यस्ता ठुला आर्थिक नोक्सानी हुने गरी भएको अनियमितताको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...