अध्यक्षमा तेस्रो पटक ओली निर्वाचित, उहाँलाई ७५ प्रतिशत मत

Published on

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशनको परिणाम आउनेक्रम सुरु भएको छ । मतदान गरिएको ८० वटा मेशिनबाट चिप्स जम्मा गरी गणना सुरु भएपछि परिणाम आउन सुरु गरेको हो । पछिल्लो परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली १६६३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रत्यासी ईश्वर पोखरेल ५६४ मत प्राप्त गर्नुभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । निर्वाचन आयोगका अनुसार सोहीअनुसार उपाध्यक्षमा अरुण नेपाल २२३,  गुरुप्रसाद बराल ५८५, गोकर्णराज विष्ट ७१३, टकंप्रसाद कार्की  १८६, पर्शुराम मेघि गुरुङ्ग  ३३४, प्रथविसुव्वा गुरुङ  ९००, भिमप्रसाद आचार्य १४३, रघुजी पन्त ६१७, रामबहादुर थापा बादल ७७४, विन्दा पाण्डे ४७४, विष्णुप्रसाद पौडेल ८४६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, महासचिवमा शंकर पोख्रेल १२२८ मत प्राप्त हुँदा प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डे ९९८ मत प्राप्त गर्नुभएको छ । सोहीअनुसार उपमहासचिवमा आनन्दप्रसाद पोख्रेल ३३४, योगेस भट्टराइ ७०९, रघुविर महासेठ ६८९, राजेन्द्रप्रसाद गौतम १४०, लेखराज भट्ट ७३४, विष्णुप्रसाद रिमाल ५४०, वैजनाथ चौधरी २७१ प्राप्त गर्नुभएको छ । त्यस्तै, सचिवमा अग्निप्रसाद खरेल ३७७, इन्द्रलाल साप्कोटा २०९, कर्णबहादुर थापा ४४४, कृष्णगोपाल श्रेष्ठ ३२५, खगराज अधिकारी ६८०, गोकुलप्रसाद बास्कोटा ५२८, छविलाल विश्वकर्मा ७६९, ठाकुरप्रसाद गैरे ४६२, पद्माकुमारी अर्याल ७७८, पुर्सोतम पौडेल २३०, पेम्वा लामा २५५, भानुभक्त ढकाल ५५२,

महेश बस्नेत ७८३, यमलाल कडेल ६२६, रचना खड्का ४५९, राजन भट्टराइ ५८१, लालबाबु पण्डित ३९९, विनोदप्रसाद ढकाल ३५५, शेरधन राई ७६७, हिक्मतकुमार कार्की ६७२ मत प्राप्त गर्नुभएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार अवको दुई घण्टापछि सबै निर्वाचन परिणाम सार्वजनिक हुनेछ । गणनाअनुसार अपडेट नियमित सार्वजनिक गरिने उहाँको भनाइ छ । एमालेको महाधिवेशनमा ६४२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । महाधिवेशनमा २ हजार २२७ जनाले मतदान गर्नुभएको थियो । २ हजार दुईसय ६३ मतदाता रहे पनि ३६ जना मतदाता अनुपस्थित रहनुभएको निर्वाचन आयोगका पदाधिकारीहरुको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...