जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Published on

काठमाडौं । झापामा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६ः३० जङ्गली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका-४, बाहुन्डाँगीमा एक जनाको मृत्यु भएको हो  । बाहुन्डाँगीस्थित खड्का डाँडामा तत्काल नाम थर वतन नखुलेका भारतीय नागरिक जस्तो देखिने अन्दाजी ५०/५५ वर्षका पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेको हात्तीसंँग जम्काभेट भएपछि हात्तीले आक्रमणमा गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बाहुन्डाँगी क्षेत्रमा मागी खाई हिँड्ने खुले पनि उहाँको पहिचान खुली नसकेको र भारततर्फ पनि जानकारी गराइएको इलाका प्रहरी कार्यालय काँकड्भिट्टाका डिएसपी राजन लामाले बताउनु भयो । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...