उपाध्यक्षमा सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर्वाचित

Published on

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट उपाध्यक्षमा पाँच जना निर्वाचित हुनुभएको छ । निर्वाचितमा पृथ्वीसुब्बा गुरुङले सर्वाधिक मत १७३७ मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो । त्यस्तै, अन्य उपाध्यक्षहरुमा विष्णुप्रसाद पौडेल १६७५, रामबहादुर थापा १५१६, गोकर्णराज विष्ट १३६८ र रघुजी पन्त १२५८ मत ल्याएर निर्वाचित हुनुभयो । पदाधिकारीमा गुरुङ सर्वाधिक मत ल्याएर म्यान अफ दि इलेक्सन हुनुभयो । 

त्यस्तै, तीन उपमहासचिवमा लेखराज भट्ट १४५२, रघुवीर महासेठ १३६८ र योगेश भट्टराई १३४८ मत ल्याएर निर्वाचित हुनुभएको छ । त्यस्तै, महासचिवमा शंकर पोखरले निर्वाचित हुनुभएको छ । उहाँलाई १२२८ मत प्राप्त भएको छ । उहाँको प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गरी पराजित हुनुभयो । गोरखापत्र 

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...