गोरखा–लमजुङ जोड्ने ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक्स सर्किट’ नयाँ पदमार्ग विकास गरिने

Published on

काठमाडौं । गोरखा र लमजुङ जिल्लाका पाँच स्थानीय तहलाई समेटेर ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक्स सर्किट’ नामक नयाँ पदमार्ग विकास गरिने भएको छ। नयाँ अन्वेषण गरिएको यो पदमार्गले गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका तथा लमजुङको दूधपोखरी, दोर्दी र मर्स्याङ्दी गाउँपालिकालाई समेट्ने जनाइएको छ। पदमार्ग विकासका लागि कार्ययोजना तयार गर्ने उद्देश्यले गोरखाको अजिरकोट गाउँपालिका–भच्चेकमा आयोजना गरिएको तीनदिने क्षमता अभिवृद्धि तालिम आज सम्पन्न भएको छ। नयाँ पदमार्गको विकास, प्रवर्द्धन र व्यवस्थापनमा सरोकारवालाको क्षमता सुदृढ बनाउने लक्ष्यसहित आयोजित तालिममा पाँचै गाउँपालिकाका उपाध्यक्ष, पर्यटन उद्यमी, सामुदायिक वन उपभोक्ता समूह, पशुधन उद्यमी तथा सांस्कृतिक समूहका सदस्य गरी २५ जनाको सहभागिता रहेको थियो।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को दिगो पर्यटन परियोजनाको सहयोगमा आयोजित तालिममा पदमार्गमा आधारित पर्यटन विकास, प्रवर्द्धन र व्यवस्थापनका विविध पक्षमा छलफल गरिएको थियो। तालिम समापनका अवसरमा पाँचवर्षे पदमार्ग विकास, प्रवर्द्धन तथा व्यवस्थापन कार्ययोजना तयार गरी प्रस्तुत गरिएको छ। यससँगै २१ सदस्यीय ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक्स सर्किट पदमार्ग विकास, प्रवर्द्धन तथा व्यवस्थापन समिति’ गठन गरिएको छ। समितिको नेतृत्व पाँचै गाउँपालिकाका उपाध्यक्षहरूले आलोपालो आधारमा गर्ने व्यवस्था गरिएको छ भने अन्य चार पालिकाका उपाध्यक्ष, पर्यटन उद्यमीलगायत २० जना सदस्य रहनेछन्।

तालिम समापन कार्यक्रममा नेपाल ट्रेकिङ एजेन्सिज एशोसिएशन (टान) का अध्यक्ष सागर पाण्डे तथा पाँचै गाउँपालिकाका अध्यक्षहरूले नयाँ पदमार्गले क्षेत्रीय पर्यटन विकासमा ठूलो सम्भावना बोकेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा बारपाक सुलिकोटका विष्णु भट्ट, अजिरकोटका दीपक देवकोटा, दूधपोखरीका धनप्रसाद, दोर्दीका युवराज अधिकारी र मर्स्याङ्दीका अर्जुन गुरुङले आ–आफ्नो स्थानीय तहको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। तालिममा प्राविधिक स्रोत व्यक्तिका रूपमा डा. चेतनाथ कनेल र इञ्जिनियर कृष्ण गौतमले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रम संयोजन टानका अम्बिर बड्र गुरुङ, युवराज लामा र पवित्रा तामाङले गर्नुभएको थियो।

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...