मस्कोमा कार बम विस्फोटमा रूसी वरिष्ठ जनरलको मृत्यु

Published on

काठमाडौं । मस्कोको दक्षिणी भागमा सोमबार एक वरिष्ठ रूसी जनरलको कारमा राखिएको बम विस्फोट हुँदा उहाँको मृत्यु भएको छ । रूसी प्रमुख अपराध अनुसन्धान समितिले जनरल लाइटनेनन्ट फानिल सरवारोभको हत्या सम्बन्धमा अनुसन्धान सुरु गरेको जनाएको छ । सरवारोभ रूसी सेनाको प्रधान स्टाफको प्रशिक्षण विभागका प्रमुख थिए र सेनाको रणनीति तथा प्रशिक्षण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए । अनुसन्धान कर्ताले आक्रमण युक्रेनी विशेष सेनासँग सम्बन्धित हुन सक्ने सम्भावनालाई पनि जाँचको भाग बनाएको बताएका छन् ।

फेब्रुअरी सन् २०२२ मा मास्कोले युक्रेनमा सेना पठाएपछि युक्रेनमा रूसी सैन्य अधिकारी र प्रोक्रीमलिन समर्थकलाई लक्षित गरेर भएका धेरै आक्रमणमा कीएभलाई दोष लगाइएको छ । यसै क्रममा मास्को नजिक अप्रिल सन् २०२३ मा जनरल यारोस्लाव मोस्कालिक कार बममा मारिएका थिए । सेन्ट पिटर्सबर्गमा अप्रिल सन् २०२३ मा एक मूर्तिमा विस्फोट हुँदा सैन्य ब्लगर म्याक्सिम फोमिनको मृत्यु भएको थियो । त्यस्तै, मे सन् २०२१ मा अल्ट्रानेशनलिस्ट विचारक अलेक्ज्याण्डर दुगिनकी छोरी डारिया दुगिन कार बम विस्फोटमा मारिएकी थिइन् । यस घटनाले रूसमा सुरक्षा चुनौती र उच्च अधिकारीलाई लक्षित गर्ने खतरा अझ बढेको देखाउँछ । 

अनुसन्धान कर्ताले घटनास्थलको अवलोकन गरिसकेका छन् र विस्फोटमा प्रयोग भएका बमका अवशेषको विश्लेषण गरिरहेका छन् । साथै, यस आक्रमणका सम्भावित दोषी पत्ता लगाउन व्यापक अनुसन्धान जारी छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...