थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी : रक्षा मन्त्रालय

Published on

काठमाडौं । थाई सैन्य बलले मङ्गलबार सम्म कम्बोडियाका धेरै क्षेत्रमा गोलाबारी र ट्याङ्क-माउन्टेड मेसिन गनको प्रयोग गरी आक्रमण जारी राखेको कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले मङ्गलबार बताउनु भएको  छ ।  थाइल्यान्डसँगको सीमा द्वन्द्व १७ औँ दिनमा प्रवेश गरेसँगै कम्बोडियामा मृत्यु हुने नागरिकको सङ्ख्या २१ पुगेको उहाँले बताउनु भएको छ । “थाई सेनाले कम्बोडियाका नागरिक बस्ने स्थानमा आक्रमण गरेको उल्लेख गर्दै उहाँले आक्रमणमा एक शिशु सहित २१ नागरिकको मृत्यु हुनुका साथै अन्य ८३ जना घाइते भएको पत्रकारसँगको सक्षतकारमा जाउनु भएको छ ।  

कम्बोडिया-थाइल्यान्ड सीमा द्वन्द्व डिसेम्बर-७ देखि पुनः सुरु भएको छ, भने दुवै पक्षले एक-अर्कालाई युद्ध विरामको बावजुत आक्रमण सुरु गरेको आरोप लगाएका छन् । कम्बोडियाको आन्तरिक मन्त्रालयले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार द्वन्द्वले अहिले सम्म करिब पाँच लाख ४५ हजार कम्बोडियनलाई सुरक्षित आश्रयका लागि आफ्नो वासस्थान छोडी भाग्न बाध्य पारेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...