ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु

Published on

काठमाडौं । पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका छ जना नक्सलवादी विद्रोही मध्ये एक जना शीर्ष कमान्डर रहेको अधिकारीहरूले बताएका छन् । ओडिसा राज्यको राजधानी भुवनेश्वरबाट करिब २७१ किलोमिटर पश्चिममा रहेको कान्धमाल जिल्लामा प्रहरी र नक्सलवादीबिच मुठभेड भएको जनाइएको छ । ओडिसाका प्रहरी प्रमुख योगेशबहादुर खुरानियाले मिडियालाई बताएअनुसार बुधबार कान्धमालमा ठुलो मात्रामा गोलाबारुद बरामद गरिएको थियो भने । बिहीबार कान्धमाल-गन्जाम सीमामा गरिएको फलो-अप अपरेसनमा धेरै स्थानमा गोली हानाहानमा थप चार जना नक्सलवादीको मृत्यु भएको छ । 

खुरानियाले मारिएका मध्ये एक जना नक्सलवादी ओडिसाका कमान्डका प्रमुख र केन्द्रीय समितिका सदस्य गणेश उइकेका रूपमा पहिचान गरिएको बताउनु भएको छ । जो धेरै ठूला–ठुला आक्रमणमा संलग्न थिए । प्रहरीका अनुसार यस क्षेत्रमा नक्सालवादीको बारेमा प्राप्त विशेष गुप्तचर सूचनाको आधारमा प्रहरीले संयुक्त खोजी अभियान चलाएपछि गोली हानाहान सुरु भएको थियो । गतिरोधका क्रममा प्रहरीलाई कुनै क्षति नभएको प्रहरीले जनाएको छ । भारतका गृहमन्त्री अमित शाहले उक्त अभियानलाई “ठुलो सफलता“ को रूपमा प्रशंसा गर्नु भएको छ । भारत सरकारले ३१ मार्च २०२६ सम्ममा नक्सलवाद उन्मूलन गर्ने संकल्प गरेको छ भने मध्य र पूर्वी भारतमा सक्रिय विद्रोहले सयौँको ज्यान लिएको लिनुका साथै हजारौँ विस्थापित भएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...