ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु

Published on

काठमाडौं । पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका छ जना नक्सलवादी विद्रोही मध्ये एक जना शीर्ष कमान्डर रहेको अधिकारीहरूले बताएका छन् । ओडिसा राज्यको राजधानी भुवनेश्वरबाट करिब २७१ किलोमिटर पश्चिममा रहेको कान्धमाल जिल्लामा प्रहरी र नक्सलवादीबिच मुठभेड भएको जनाइएको छ । ओडिसाका प्रहरी प्रमुख योगेशबहादुर खुरानियाले मिडियालाई बताएअनुसार बुधबार कान्धमालमा ठुलो मात्रामा गोलाबारुद बरामद गरिएको थियो भने । बिहीबार कान्धमाल-गन्जाम सीमामा गरिएको फलो-अप अपरेसनमा धेरै स्थानमा गोली हानाहानमा थप चार जना नक्सलवादीको मृत्यु भएको छ । 

खुरानियाले मारिएका मध्ये एक जना नक्सलवादी ओडिसाका कमान्डका प्रमुख र केन्द्रीय समितिका सदस्य गणेश उइकेका रूपमा पहिचान गरिएको बताउनु भएको छ । जो धेरै ठूला–ठुला आक्रमणमा संलग्न थिए । प्रहरीका अनुसार यस क्षेत्रमा नक्सालवादीको बारेमा प्राप्त विशेष गुप्तचर सूचनाको आधारमा प्रहरीले संयुक्त खोजी अभियान चलाएपछि गोली हानाहान सुरु भएको थियो । गतिरोधका क्रममा प्रहरीलाई कुनै क्षति नभएको प्रहरीले जनाएको छ । भारतका गृहमन्त्री अमित शाहले उक्त अभियानलाई “ठुलो सफलता“ को रूपमा प्रशंसा गर्नु भएको छ । भारत सरकारले ३१ मार्च २०२६ सम्ममा नक्सलवाद उन्मूलन गर्ने संकल्प गरेको छ भने मध्य र पूर्वी भारतमा सक्रिय विद्रोहले सयौँको ज्यान लिएको लिनुका साथै हजारौँ विस्थापित भएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...