गृहकार्यको निहुँमा शिक्षकद्वारा कक्षा ८ की छात्रामाथि कुटपिट, विद्यालयमा सहमति

Published on

काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित हरिनगरा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया छात्रा पूजा कुमारी दासमाथि शिक्षकले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। विद्यालयका ४७ वर्षीय शिक्षक रघुनाथ मेहताले गृहकार्य नगरेको भन्दै पुस ९ गते छात्रालाई मुक्का र लठ्ठीले कुटपिट गरेको बताइएको छ।

घटनाका साक्षी रहेका कक्षाका विद्यार्थीहरूका अनुसार शिक्षक मेहताले घरायसी विवादका कारण तनावमा रहेकाले कुटपिट भएको दाबी गरेका छन्। यस घटनाप्रति आक्रोश व्यक्त गर्दै छात्राका अभिभावक सुरेश पालले दोषी शिक्षकमाथि कडा कारबाहीको माग गर्नुभएको छ। यसबीच, पुस ११ गते विद्यालयमै विद्यार्थी कुटपिटको विषयलाई लिएर दुई पक्षबीच छलफल तथा वार्ता भएको थियो। वार्तामा दुवै पक्षले आफ्ना धारणा राखेका थिए। विद्यालयका प्रधानाध्यापक बलराम मण्डलका अनुसार शिक्षकले आफ्नो गल्ती स्वीकार गर्दै अबदेखि भौतिक आक्रमण नगर्ने प्रतिबद्धता जनाएका छन्। साथै, विद्यार्थीहरूलाई पनि अनुशासनमा बस्नुपर्ने विषयमा सहमति जुटेको उहाँले जानकारी दिनुभयो। घटनाप्रति प्रतिक्रिया जनाउँदै स्थानीय पत्रकार जुगेस दासले शिक्षकजस्तो जिम्मेवार र सम्मानित पदमा बसेर अहङ्कार देखाउनु अनुचित भएको बताउनुभएको छ।

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...