संस्कृतिले राष्ट्रिय एकताको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउँछ : पूर्वप्रधानमन्त्री नेपाल

Published on

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मौलिक पर्वले समाजमा शान्ति, सामाजिक न्यायको भावना सुदृढ गर्दै लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने बताउनुभएको छ । तमु ल्होसारका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले नेपालका विविध सांस्कृतिक सम्पदा, चाडपर्व र संस्कृतिले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्परामा धनी भएको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले विविधताले सजिएको मुलुकका फरक संस्कृतिले विश्वमा नेपालको विशिष्ट पहिचान स्थापित भएको बताउनुभयो । सबै नेपालीबीच आपसी समझदारी, सहकार्य र एकताले समुन्नत, न्यायपूर्ण र समावेशी समाजको निर्माणमा जोड दिँदै उहाँले आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले बहुधार्मिक, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताले सम्पन्न मुलुकमा धार्मिक तथा सांस्कृतिक पर्वहरूले सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र भ्रातृत्वको विकासमा योगदान गर्ने बताउनुभयो । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उहाँले संविधानले सुनिश्चित गरेको सांस्कृतिक अधिकार, स्वतन्त्रता र समानताको मर्मअनुसार सबै जाति समुदायबीच समन्वय र सहकार्यको खाँचो औँल्याउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

बालबालिकालाई तीन महिने प्रशिक्षण

काठमाडौं । यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन,...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

विवादका कारण नेपाल र हङकङबिचको मैत्रीपूर्ण खेल रद्ध

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र चुलिएको विवादका कारण यही चैत १२...

बास्केटबल लिग : टाईम्सको लगातार पाँचौ जित

काठमाडौं । टाईम्स ईन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा पाँचौ जित...