मधेश प्रदेशमा मन्त्रिपरिषद पुनर्गठन

Published on

काठमाडौं । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । पुनर्गठित मन्त्रिपरिषदमा कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, महेशप्रसाद यादवलाई अर्थ मन्त्रालय, जंगिलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जवाहरलाल कुशवाहालाई उर्जा सिँचाइ तथा खानेपानी मन्त्रालय, रानीकुमारी तिवारीलाई शिक्षा तथा संस्कृति मन्त्रालय, मनिष पटेललाई उद्योग बाण्जिय तथा पर्यटन मन्त्रालय, मनिषकुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, राजकुमार गुप्तालाई भौतिक पुर्वाधार विकास मन्त्रालय, शंकरप्रसाद चौधरीलाई वन तथा बातावरण मन्त्रालय, श्यामप्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बसन्तकुमार कुशवाहा लाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको कार्य जिम्मेवारी दिइएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

पुनर्गठित मन्त्रिपरिषदमा नवनियुक्त ६ जना मन्त्रीले बुधबार नै पद तथा गोपनीयताको शपथ लिनुभएकोछ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित  कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुखले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराउनुभयो । सो अवसरमा मुख्यमन्त्री यादव, मधेश प्रदेशका सभामुख राम यादवसहित उच्च पदस्थ कर्मचारी र विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा...

बाँकेमा मिनी रङ्गशाला अधूरै

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले एक करोड रुपियाँभन्दा बढी खर्च गरेको बाँकेको खजुरा गाउँपालिकास्थित...

निर्वाचनका लागि माहोल तयार भइसकेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनपछि देशमा अभिभावकीय भूमिका नरहेको अवस्थामा गैरदलीय नागरिक...

बाँकेमा जलपन्छी गणना

काठमाडौं । बाँकेका विभिन्न तालतलैया, सिमासर क्षेत्र, जलाशय क्षेत्र तथा नदी क्षेत्रमा पानीमा आश्रित...