रेल दुर्घटनामा एक जनाको मृत्यु, ४० बढी घाइते

Published on

काठमाडौं । पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना  घाइते भएका छन् । मृतक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्टि गरेको छ ।अधिकारीले घाइते यात्रुको पहिचान गरिरहेको बताएका छन् । धेरै जसो घाइते विदेशी पर्यटक रहेका छन् भने अधिकांशको अवस्था गम्भीर रहेको छ । घटना स्थलबाट यात्रुले पठाएको भिडियोमा घाइतेहरु रेलको पटरिमा लडेका छन् । 

दुर्घटना स्थलमा चिकित्सक पुगेर उपचार सुरु गरेका थिए । प्रहरीले घाइते यात्रुलाई स्ट्रेचरमा राखेर उपचारका लागि सारिरहेको बताइएको छ । उक्त ऐतिहासिक स्थलमा दैनिक करिब चार हजार ५०० पर्यटक भ्रमण आउने गर्छन् । पर्यटक रेल र बस प्रयोग गरेर उच्च एन्डीज पहाडमा पुग्छन् । रेल सञ्चालन गर्ने निकायका अनुसार पेरू रेलको रेलले अर्को रेलसँग ओलान्तायटम्बो र पहाडमा रहेको प्रमुख स्थल जोड्ने एकल पटरिमा दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलाइएको छैन । गोरखापत्र

spot_img

ताजा समाचार

कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म, कर्मचारीले सवारी चलाए चालकको सेवासुविधा दिइने

काठमाडौँ – सरकारी गाडीको खरिद, इन्धन, मर्मत र चालकको तलबमा हुने खर्च घटाउने उद्देश्यले सरकारले...

प्रहरीको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना लाभान्वित

काठमाडौँ - बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट १ हजार...

महिला यू-१९ टी-२० विश्वकपका १५ खेल नेपालमा हुने

काठमाडौँ – नेपाल र बंगलादेशमा संयुक्त रूपमा आयोजना हुने आईसीसी यू-१९ महिला टी-२० विश्वकप...

साउदी अरबमा ड्रोन आक्रमणको प्रयासमा एक नेपालीसहित दुई श्रमिकको मृत्यु

काठमाडौँ – साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनालाई लक्षित...