रेल दुर्घटनामा एक जनाको मृत्यु, ४० बढी घाइते

Published on

काठमाडौं । पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना  घाइते भएका छन् । मृतक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्टि गरेको छ ।अधिकारीले घाइते यात्रुको पहिचान गरिरहेको बताएका छन् । धेरै जसो घाइते विदेशी पर्यटक रहेका छन् भने अधिकांशको अवस्था गम्भीर रहेको छ । घटना स्थलबाट यात्रुले पठाएको भिडियोमा घाइतेहरु रेलको पटरिमा लडेका छन् । 

दुर्घटना स्थलमा चिकित्सक पुगेर उपचार सुरु गरेका थिए । प्रहरीले घाइते यात्रुलाई स्ट्रेचरमा राखेर उपचारका लागि सारिरहेको बताइएको छ । उक्त ऐतिहासिक स्थलमा दैनिक करिब चार हजार ५०० पर्यटक भ्रमण आउने गर्छन् । पर्यटक रेल र बस प्रयोग गरेर उच्च एन्डीज पहाडमा पुग्छन् । रेल सञ्चालन गर्ने निकायका अनुसार पेरू रेलको रेलले अर्को रेलसँग ओलान्तायटम्बो र पहाडमा रहेको प्रमुख स्थल जोड्ने एकल पटरिमा दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलाइएको छैन । गोरखापत्र

spot_img

ताजा समाचार

साफ फुटसल : माल्दिभ्ससँग हारेपछि नेपाल बाहिरियो

काठमाडौं । नेपालले थाइलायन्डमा जारी साफ फुटसल च्याम्पियनसिपबाट बाहिरिएको छ । नोन्थाबुरी स्टेडियमको फुटसल...

मानव इतिहास खोजिँदै, भेटिए भाँडाका टुक्रा

काठमाडौं । चुरे क्षेत्रको बीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’ उपत्यकामा मानव सभ्यताको...

कराची मल आगलागीमा मृतक सङ्ख्या ५५ पुग्यो

काठमाडौं । पाकिस्तानको सबैभन्दा ठुलो सहर कराचीस्थित एक मलमा भएको भीषण आगलागीमा ज्यान गुमाउनेको...

अफगानिस्तानमा आम नागरिकमाथि भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्यले अफगानिस्तानको राजधानी काबुलको रेस्टुरेन्टमा भएको आक्रमणको कडा...