प्रतिनिधिसभा निर्वाचन : कोशीमा सुरक्षा सतर्कता

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कोशी प्रदेशमा सुरक्षा चुनौतीबारे समीक्षा भएको छ । विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउने विषयलाई केन्द्रमा राखेर सुरक्षा निकायबिच साझा बुझाइ र रणनीति तय गर्ने प्रयास गरेको हो । प्रदेशका १४ वटै जिल्लाको शान्ति–सुरक्षाको अवस्था, भौगोलिक चुनौती, सीमा क्षेत्रको संवेदनशीलता र निर्वाचनका समयमा देखिन सक्ने जोखिमबारे समग्र छलफल भएको थियो । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार गोष्ठी पूर्ण रूपमा निर्वाचन लक्षित भए पनि यसले दीर्घकालीन सुरक्षा व्यवस्थापनका पक्षहरूलाई समेत छोएको छ ।

गोष्ठीको छलफलबाट जेलबाट फरार रहेका कैदीबन्दी र विगतमा प्रहरीबाट लुटिएका हतियारहरू अझै पनि सुरक्षा चुनौतीका रूपमा रहेको निष्कर्ष निस्किएको छ । जिल्ला प्रशासन र सुरक्षा निकायहरूले हालसम्म गरेका प्रयास, सामना गरेका समस्या र अपनाइएका असल अभ्यासबारे पनि गोष्ठीमा समीक्षा गरिएको थियो । गोष्ठीमा मुख्यमन्त्री हिक्मतकुमार कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले पछिल्लो सुरक्षा अवस्थाप्रति चासो व्यक्त गर्दै फरार कैदीबन्दीको सङ्ख्या र लुटिएका हतियार अझै बरामद नभएको अवस्थाले सुरक्षा चुनौती कायम रहेको बताउनुभएको छ ।

भौगोलिक रूपमा विकट जिल्लाहरूमा निर्वाचन व्यवस्थापनका लागि हेलिकप्टर आवश्यक पर्न सक्ने विषय पनि उठाइएको छ । मौसम र परिस्थितिको मूल्याङ्कन गर्दै आवश्यक परेमा हेलिकोप्टर व्यवस्थापन गरिने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालय र कोशी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा गोष्ठी सम्पन्न भएको हो । सुरक्षा गोष्ठीले निर्वाचनको सफलताका लागि सुरक्षा निकायबिच प्रभावकारी समन्वय, समयमै सूचना आदानप्रदान र साझा रणनीति अपरिहार्य हुने निष्कर्ष निकालेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...