भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

Published on

काठमाडौं । शुक्लाफाँटा नगरपालिका-६ करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध निर्माणका तीनवटा आयोजना अघि बढाइएका छन् । योसँगै नदीका विभिन्न खण्डमा तटबन्ध निर्माण तीव्र रूपमा भइरहेको छ । शुक्लाफाँटा-६ का वडाध्यक्ष दानसिंह ऐरका अनुसार जनताको तटबन्ध कार्यालयमार्फत रु ८० लाख लागतमा १५० मिटर, सङ्घीय आयोजनाअन्तर्गत रु पाँच लाख लागतमा २५ मिटर र प्रदेश सरकारको आयोजनाअन्तर्गत रु १५ लाख लागतमा ५० मिटर तटबन्ध निर्माण भइरहेको छ । 

टोटी नालामा रु १० लाखभन्दा बढीको लागतमा करिब ४० मिटर तटबन्ध निर्माणको तयारी गरिएको उहाँले जानकारी दिनुभयो । वडाध्यक्ष ऐरले वर्षाका बेला तीव्र भू(क्षय हुँदै आएको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी तटबन्ध निर्माण अघि बढाइएको बताउँदै दोस्रो प्राथमिकतामा सार्वजनिक जग्गा तथा बगर संरक्षण क्षेत्रलाई समेटिएको उल्लेख गर्नुभयो । स्थानीय बन्दा रानाले स्याली नदीले बर्सेनि वर्षातका बेला जग्गा कटान गर्दा ठूलो समस्या भोग्नु परेको भन्दै अब समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । भू-क्षयको समस्या वडा कार्यालयमा राखेपछि वडाध्यक्षसहित जनप्रतिनिधिको पहलमा तटबन्ध निर्माण हुन थालेको उहाँको भनाइ छ । स्याली नदीमा निर्माण भइरहेका तटबन्ध आयोजनाले सार्वजनिक सडक जोगिनुका साथै दुई सयभन्दा बढी स्थानीयको जग्गा भूक्षयबाट सुरक्षित हुने अपेक्षा गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...