स्विस आल्प्समा बार आगलागी, धेरैको मृत्यु र घाइते

Published on

काठमाडौं । स्विस आल्प्सको क्रान्स-मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ वर्षको उत्सवका क्रममा मानिसहरूको मृत्यु र घाइते भएको प्रहरीले बिहीबार बिहान जनाएको छ ।

स्थानीय प्रहरी प्रवक्ता गेटान लाथियनले भन्नु भयो, “आज बिहान १:३० बजे ‘ले कन्स्टेलेसन’ नामक बारमा आगलागी सुरु भयो । भवनमा सयभन्दा बढी मानिस थिए र हामीले धेरै घाइते र धेरैको मृत्यु भएको देखिरहेका छौँ ।” आगलागीको कारण पत्ता लगाउन अनुसन्धान कर्ताले अनुसन्धान सुरु गरेका छन् । लाथियनले भन्नुभयो, “हामी भर्खरै अनुसन्धानको सुरुआतमै छौँ तर यो अन्तर्राष्ट्रिय ख्याति प्राप्त स्की रिसोर्ट भएकाले धेरै पर्यटक प्रभावित भएका छन् ।”

प्रभावित परिवारका लागि स्वागत केन्द्र र हेल्पलाइन पनि स्थापना गरिएको छ । प्रहरीले क्रान्स-मोन्टानामा बिहान १० बजे पत्रकार सम्मेलन गर्ने योजना बनाएको छ । यो समुदाय म्याटरहर्नबाट करिब ४० किलोमिटर (२५ माइल) उत्तरमा स्विस आल्प्सको मुटुमा रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ महाधिवेशन (फाेटाे फिचर)

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सम्पन्न भएकाे छ ।...

बाघको आक्रमणबाट एउटै घरका नौ वटा बाख्रा मरे

काठमाडौं । सल्यानको कालिमाटी गाउँपालिकामा बाघको आक्रमणबाट एउटै घरका नौ वटा बाख्रा मरेका छन्...

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार २० हजार राहत उपलब्ध गराइने

काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध...

राससको प्रधानसम्पादकमा महतो

काठमाडौं । आजदेखि राष्ट्रिय समाचार समिति (रासस) को प्रधानसम्पादकमा शीतलप्रसाद महतोले जिम्मेवारी सम्हाल्नुभएको छ...