स्विस आल्प्समा बार आगलागी, धेरैको मृत्यु र घाइते

Published on

काठमाडौं । स्विस आल्प्सको क्रान्स-मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ वर्षको उत्सवका क्रममा मानिसहरूको मृत्यु र घाइते भएको प्रहरीले बिहीबार बिहान जनाएको छ ।

स्थानीय प्रहरी प्रवक्ता गेटान लाथियनले भन्नु भयो, “आज बिहान १:३० बजे ‘ले कन्स्टेलेसन’ नामक बारमा आगलागी सुरु भयो । भवनमा सयभन्दा बढी मानिस थिए र हामीले धेरै घाइते र धेरैको मृत्यु भएको देखिरहेका छौँ ।” आगलागीको कारण पत्ता लगाउन अनुसन्धान कर्ताले अनुसन्धान सुरु गरेका छन् । लाथियनले भन्नुभयो, “हामी भर्खरै अनुसन्धानको सुरुआतमै छौँ तर यो अन्तर्राष्ट्रिय ख्याति प्राप्त स्की रिसोर्ट भएकाले धेरै पर्यटक प्रभावित भएका छन् ।”

प्रभावित परिवारका लागि स्वागत केन्द्र र हेल्पलाइन पनि स्थापना गरिएको छ । प्रहरीले क्रान्स-मोन्टानामा बिहान १० बजे पत्रकार सम्मेलन गर्ने योजना बनाएको छ । यो समुदाय म्याटरहर्नबाट करिब ४० किलोमिटर (२५ माइल) उत्तरमा स्विस आल्प्सको मुटुमा रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...