गाम्बियाको तटमा आप्रवासी बोकेको डङ्गा डुब्दा सात जनाको मृत्यु, दर्जनौँ बेपत्ता

Published on

काठमाडौं । गाम्बियाको तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ बेपत्ता भएको अधिकारीले बताएका छन् । विज्ञप्ति जारी गर्दै गाम्बियन सरकारले अनुमानित २०० भन्दा बढी आप्रवासी बोकेको डुङ्गा समुद्रीक तटमा दुखद दुर्घटना भएको पुष्टि गरेको बताएको छ । 

डुङ्गा देशको उत्तरी किनाराको गिनाक गाउँ नजिकै दुर्घटना भएको बताइएको छ । अधिकारीले डङ्गामा सवार कम्तीमा ९६ जनालाई उद्धार गरिएको र तीमध्ये धेरैजना गम्भीर घाइते भएको बताएका छन् । दुर्घटनाको सुचना प्राप्त भएपछि गाम्बियन नौसेनाले यस क्षेत्रमा उल्लेख्य नौसैनिक जहाज तैनाथ गर्दै खोजी र उद्धार अभियान सुरु गरेको जनाएको छ ।  

अनियमित आप्रवासीले प्रायः स्पेनको क्यानरी टापुमा खतरनाक एटलान्टिक तट पार गर्ने प्रयास गर्छन् । जसलाई उनीहरुले युरोपको प्रवेशद्वारका रुपमा प्रगोग गर्दै आएका छन । यद्यपि, सेनेगल, मौरितानिया र मोरक्कोको तटमा कडा समुद्री नियन्त्रणले तस्करलाई गाम्बिया र गिनीबाट थप टाढाको प्रस्थान बिन्दु प्रयोग गर्न बाध्य पारेको जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

काठमाडौं । काठमाडौँ उपत्यकाको नजिकै रहेको हात्तीवन-चम्पादेवी पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै...

रसुवामा ५५७ विद्यार्थी एसईईमा सहभागी हुने

काठमाडौं । चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा...

अटो दुर्घटनामा तीन जना घाइते

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते...

रामग्राम नगरपालिकाको लापरबाही : योजना कार्यान्वयन अन्योल

काठमाडौं । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले १७ औं नगर परिषदबाट पारित भएका निर्णय र...