संयुक्त राज्य अमेरिकामा दादुराको प्रकोप, बालबालिका बढी प्रभावित

Published on

काठमाडौं । संयुक्त राज्य अमेरिकामा सन् २०२५ मा दुई हजारभन्दा बढी दादुराका घटना दर्ता भएका छन्, जुन सन् १९९२ पछि सबैभन्दा धेरै वार्षिक सङ्ख्या हो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कअनुसार डिसेम्बर ३० सम्म देशभर कुल दुई हजार ६५ पुष्टि भएका दादुराका केस देखिएका छन् ।

तीमध्ये करिब ११ प्रतिशत बिरामीलाई अस्पताल भर्ना गर्नु परेको थियो । दादुराका केस ४४ वटा क्षेत्रमा फैलिएका थिए, साथै केही अन्तर्राष्ट्रिय आगन्तुकमा पनि सङ्क्रमण देखिएको थियो । सन् २०२५ मा ४९ वटा दादुराका प्रकोप पहिचान गरिएको थियो, जसबाट कुल घटनाको ८८ प्रतिशत हिस्सा आएको थियो । पाँचदेखि उन्नाइस वर्ष उमेर समूहका बालबालिका र किशोर सबैभन्दा बढी प्रभावित भएका छन्, जसले करिब ४२ प्रतिशत केस ओगटेका छन् । यस अवधिमा दादुराका कारण तीन जनाको मृत्यु पनि पुष्टि भएको छ । सन् २००० मा संयुक्त राज्य अमेरिकामा दादुरा निर्मूल भएको घोषणा गरिएको थियो । 

तर पछिल्लो समय बढ्दो प्रकोपका कारण विशेषज्ञले अमेरिका आफ्नो निर्मूलस्थिति गुमाउन सक्ने चेतावनी दिएका छन् । छिमेकी देश क्यानडाले सन् २०२५ को नोभेम्बरमा दादुरा निर्मूलस्थिति गुमाइसकेको छ, जसले अमेरिकामा पनि चिन्ता बढाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...