ट्रकको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु

Published on

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोटमा ट्रकले पैदल यात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । चितवनबाट नवलपुरको चौधरी ग्रामतर्फ जाँदै गरेको ग १ ख ६६०५ नम्बरको ट्रकको ठक्करबाट गैँडाकोट–५ बैकुण्ठ मार्ग बस्ने वर्ष ८२ वर्षीय यमनाथ पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।

ट्रकको ठक्करबाट घाइते भई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगेकोमा उपचारको क्रममा चिकित्सकले बिहान मृत घोषणा गरेका गुरुङले बताउनुभयो । ठक्कर दिने सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

काठमाडौं । काठमाडौँ उपत्यकाको नजिकै रहेको हात्तीवन-चम्पादेवी पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै...

रसुवामा ५५७ विद्यार्थी एसईईमा सहभागी हुने

काठमाडौं । चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा...

अटो दुर्घटनामा तीन जना घाइते

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते...

रामग्राम नगरपालिकाको लापरबाही : योजना कार्यान्वयन अन्योल

काठमाडौं । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले १७ औं नगर परिषदबाट पारित भएका निर्णय र...