सुदूरपश्चिमा पुरुषभन्दा महिलाको सङ्ख्या १२ हजार बढी

Published on

 काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको हो ।निर्वाचन आयोगले अद्यावधिक गरेको मतदातामध्ये महिलाको सङ्ख्या ८ लाख ६४ हजार ४२३ महिला र पुरुषको सङ्ख्या ८ लाख ५२ हजार २१९ रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारीले जानकारी दिनुभयो । त्यस्तै, १८ जना अन्य मतदाता रहेका छन् । पुरुषभन्दा महिलाको सङ्ख्या १२ हजार ४०२ ले बढी रहेको छ । 

प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेशमा १७ लाख १६ हजार छ सय ६० मतदाता कायम भएका छन् । विसं २०७९ सालको निर्वाचनमा १६ लाख ६९ हजार ४११ मतदाता रहेका थिए । हाल प्रदेशमा ४७ हजार २४९ मतदाता थपिएका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कैलालीमा पाँच लाख ५१ हजार ५२, कञ्चनपुरमा तीन लाख १४ हजार ३८५, बैतडीमा एक लाख ५६ हजार ३७२ र दार्चुलामा ९२ हजार ९४८ मतदाता रहेका छन् ।यस्तै, डडेलधुरामा ९३ हजार ४०३, बझाङमा एक लाख २६ हजार ९०३, अछाममा एक लाख ६५ हजार ३३७, डोटीमा एक लाख २८ हजार ३९९ र बाजुरामा ८६ हजार ९६१ रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।प्रदेशभरी १ हजार १७६ मतदानस्थल र २ हजार १९९ मतदान केन्द्र कायम रहेको जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली...

छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

काठमाडौं । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री...