गोंगबुबाट लागुऔषधसहित दुईजना पक्राउ

Published on

काठमाडौं । प्रहरीले गएराति टोखा नगरपालिका–९ गोंगबुस्थित दीपसागर होटलबाट लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २६ वर्षीय महेन्द्र तामाङ र बागलुङको ढोरपाटन नगरपालिकाकी २२ वर्षीया निरूता अदेही मगरलाई छ ग्राम ४४० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले सो होटलको ५१५ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यसैबीच देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । झापा, दाङ, सुनसरी, मोरङ, रूपन्देही, सिराहा, कैलालीलगायत जिल्लाबाट उनीहरु पक्राउ परेका हुन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...