बागलुङ महोत्सवमा ४२ लाखभन्दा बढीको टिकट बिक्री

Published on

काठमाडौं । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा भएको आठौं बागलुङ महोत्सव सम्पन्न भएको छ । मंगलबार राति महोत्सव सम्पन्न भएको घोषणा गर्दै संघका अध्यक्ष राजनकुमार शाक्यले महोत्सव सफल भएको बताउनुभयो । महोत्सवको अवसरमा झण्डै ४२ लाख बढीको टिकट बिक्री भएको संघका पदाधिकारीले प्रारम्भिक तथ्यांक दिएका छन् । पुस १६ र १८ गते भएका दुईवटा कन्सर्टको यो अंकमा हिसाब नभएको टिकट व्यवस्थापन समितिका संयोजक नविनकुमार श्रेष्ठले जानकारी दिनुभयो । संघले केही समयभित्रै महोत्सवको वास्तविक आयव्याय सार्वजनिक गर्ने कोषाध्यक्ष मनिष राजभण्डारीले बताउनुभयो ।

महोत्सवमा खुल्ला भलिबल प्रतियोगिता, लठ्ठो तान्ने खेल, लोकदोहोरी गीत प्रतियोगिता, व्यापारिक स्टल, रमाइलो मेला, मेड इन बागलुङअन्र्तगत कृषि तथा लघु घरेलु उद्यमीहरुको उत्पादन प्रदर्शनी समेत गरिएको थियो । त्यसबाहेक महोत्सवमा टिकटक प्रतियोगिता, योजना प्रस्तुतिकरण, विद्यार्थीहरु विभिन्न रचनात्मक कार्यक्रममा सहभागि थिए । महोत्सव समापनको अवसरमा बोल्दै बागलुङ नगरपालिका प्रमुख बसन्तकुमार श्रेष्ठले महोत्सवले जिल्लाको पहिचान बढाउने, पर्यटन प्रवर्धन गर्ने र स्थानीय उत्पादनलाई पनि प्रवर्धन गर्ने बताउनुभयो । ‘‘पहिलाझै महोत्सवमा आम नागरिकको चासो कम भए पनि उहाँहरुलाई उद्यमी, व्यवसायी र सबै क्षेत्रबाट जोडेर लैजान सक्नुपर्छ’’ श्रेष्ठले भन्नुभयो । 

संघले महोत्सव विशेषको रुपमा ‘समृद्विमा हातेमालो’ नामक स्मारिका पनि प्रकाशित गरेको थियो । महोत्सवमा सहयोग गर्ने सबै क्षेत्रलाई संघले सम्मानपत्र प्रदान गरेको छ । मेला सफल पार्न नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । सुरक्षा व्यवस्थापनमा जिल्ला प्रहरी कार्यालयले भूमिका खेलेको थियो । महोत्सवको अवसरमा संघले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत नेपाल पत्रकार महासंघ बागलुङलाई १ लाख रुपियाँ र टिकट काट्ने काममा साथ दिएको मानवसेवा आश्रमलाई ५ लाख ११ हजार रुपियाँको चेक हस्तान्तरण गरेको छ । मेलामा साथ सहयोग दिने, सहआयोजक, प्रायोजक समेतलाई संघले सम्मान गरेको  । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...