धनुषा र महोत्तरीबाट छ हजार क्विन्टलभन्दा बढी धान खरिद

Published on

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले धनुषा र महोत्तरीका किसानबाट हालसम्म छ हजार २७५ क्विन्टल सोना मन्सुली धान खरिद गरेको छ । कार्यालयले गत मङ्सिर २८ गतेदेखि धान खरिद सुरु गरेको हो । हालसम्म छ हजार २७५ क्विन्टल धान खरिद भइसकेको जनाउँदै धनुषा र महोत्तरीका अधिकांश किसानले धान बिक्रीका लागि नाम दर्ता गराएका कार्यालयका वरिष्ठ सहायक जयकिशनप्रसाद चौधरीले जानकारी दिनुभयो ।

कम्पनीले प्रतिकिसान अधिकतम ५० क्विन्टलसम्म धान खरिद गर्दै आएको भए पनि स्थानीय तहको सिफारिसका आधारमा केही किसानबाट करिब ५५ क्विन्टलसम्म धान खरिद गरिएको उहाँले बताउनुभयो । धानको भुक्तानी भने सरकारले किसानको बैंक खातामा पठाउने व्यवस्था गरेको छ ।कार्यालयका प्रादेशिक प्रमुख निर्मल थापाका अनुसार कम्पनीको गोदाम नजिक दुईवटा काँटा राखी बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म किसानले ल्याएका धान खरिद भइरहेको छ । हालसम्म धनुषा र महोत्तरीका १६५ जना किसानले स्थानीय तहको सिफारिसमा धान बिक्री गरिसकेका उहाँले जानकारी दिनुभयो ।

धान बिक्री गर्ने किसानमध्ये धनुषाको लक्ष्मीनिया गाउँपालिका, नगराइन नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका तथा महोत्तरीको बलवा नगरपालिकाका बढी रहेका उहाँले बताउनुभयो । कम्पनीका अनुसार दैनिक पाँचदेखि १५ जना किसानको धान खरिद भइरहेको छ ।कार्यालयले १३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको सहायक प्रबन्धक गङ्गाप्रसाद साहले जानकारी दिनुभयो । सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार छ रुपियाँ ३३ पैसा तोकेको छ । धान खरिदअघि गुणस्तर परीक्षण गर्ने गरिएको र गुणस्तरीय धान मात्र खरिद भइरहेको कार्यालयका गुणस्तर शाखाकी अधिकृत सरला प्रजापतिले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...