कम्बोडिया थाइल्यान्डसँगको युद्धविराम लागु गर्न प्रतिबद्ध : हुन सेन

Published on

काठमाडौं । सामडेक टेको सत्तारूढ कम्बोडियन पिपुल्स पार्टीका अध्यक्ष हुन सेनले बुधबार दुवै राष्ट्रका लागि शान्ति पुनस्र्थापना गर्न थाइल्यान्डसँगको युद्धविराम कडाईका साथ र पूर्ण रूपमा कार्यान्वयन गर्न कम्बोडिया प्रतिबद्ध रहेको बताउनु भएको छ ।सिनेटका अध्यक्ष हुन सेनले कम्बोडिया र थाइल्यान्डबिच शान्ति पुनस्र्थापनाले यस क्षेत्रको शान्ति, सुरक्षा, स्थिरता र समृद्धिमासमेत योगदान पुर्याउने बताउनु भएको छ । कम्बोडियाको तर्फबाट उहाँले सबै मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदाय, विशेष गरी संयुक्त राज्य अमेरिका, जन गणतन्त्र चीन, र आसियान अध्यक्षको रूपमा मलेसियाको समन्वयमा आसियान सदस्य राष्ट्रको सक्रिय सहयोग र सहभागिताको लागि कृतज्ञता व्यक्त गर्नु भएको छ । कम्बोडिया र थाइल्यान्डले तीन हप्ताको सशस्त्र द्वन्द्वपछि सन् २०२५ डिसेम्बर–२७ मा तत्काल युद्धविराम गर्न सहमत भएका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा...

बाँकेमा मिनी रङ्गशाला अधूरै

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले एक करोड रुपियाँभन्दा बढी खर्च गरेको बाँकेको खजुरा गाउँपालिकास्थित...

निर्वाचनका लागि माहोल तयार भइसकेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनपछि देशमा अभिभावकीय भूमिका नरहेको अवस्थामा गैरदलीय नागरिक...

बाँकेमा जलपन्छी गणना

काठमाडौं । बाँकेका विभिन्न तालतलैया, सिमासर क्षेत्र, जलाशय क्षेत्र तथा नदी क्षेत्रमा पानीमा आश्रित...