कोशी प्रदेश–स्थानीय तह समन्वयमा नयाँ पहल

Published on

काठमाडौं । कोशी प्रदेशमा प्रदेश सरकार र स्थानीय तहबिच देखिँदै आएको समन्वयको कमजोरी, कानुनी अस्पष्टता र व्यवहारिक समस्यालाई समाधान गर्ने उद्देश्यले प्रदेश समन्वय परिषद् बैठकले ठोस निर्णयहरू गरेको छ । बैठकले विशेषगरी ढुङ्गा–गिटी ठेक्का, वन क्षेत्रको राजस्व सङ्कलन, सीमा व्यवस्थापन र कर्मचारी व्यवस्थापनलाई प्राथमिक एजेण्डाका रूपमा अघि सारेको हो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रदेश समन्वय परिषद्का अध्यक्ष हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहले उठाउँदै आएका समस्याहरूलाई प्रदेशस्तरबाट सम्बोधन गर्ने र आवश्यक परे केन्द्र सरकारलाई औपचारिक रूपमा आग्रह गर्ने निर्णय गरिएको हो ।

पछिल्लो समय धेरै स्थानीय तहले ढुङ्गा–गिटी ठेक्का लगाउन नसक्दा ठुलो मात्रामा राजस्व गुमेको विषयलाई गम्भीर रूपमा उठाइएको थियो । कानुनी अस्पष्टता र वन ऐनसँगको द्वन्द्वका कारण ठेक्का प्रक्रिया रोकिएको भन्दै परिषद्ले यसलाई छिटो कानुनी समाधानमार्फत अगाडि बढाउने निष्कर्ष निकालेको छ । यस्तै, प्रदेशका कतिपय स्थानीय तहमा सीमा व्यवस्थापनसम्बन्धी विवाद र वन क्षेत्रमा स्रोत उपयोग गर्दा देखिएको अन्योललाई पनि स्पष्ट कानुनी ढाँचामार्फत टुङ्ग्याउने निर्णय भएको छ । बैठकले प्रदेश सरकारको आयोजना बैंकलाई सबै स्थानीय तहसम्म विस्तार गर्ने र त्यसभित्र समेटिएका अनावश्यक तथा कार्यान्वयनयोग्य नभएका योजनाहरू हटाएर आयोजना व्यवस्थापनलाई व्यवस्थित बनाउने निर्णयसमेत गरेको छ । प्रदेश सरकारले हालै सम्पन्न गरेको लगानी सम्मेलनमार्फत अघि सारेका ५१ परियोजनामध्ये २४ वटा कार्यान्वयनको चरणमा पुगिसकेको जानकारी दिँदै स्थानीय तहलाई ती परियोजनामा आवश्यक सहजीकरण र समन्वय गर्न आग्रह गरिएको छ ।

त्यसैगरी बैठकमा सङ्घीय सरकारबाट आएको करारका कर्मचारी हटाउने परिपत्रलाई हचुवाको भरमा आएको भन्दै कतिपय स्थानीय तहका प्रतिनिधिहरूले आपत्ति जनाएका थिए । उनीहरूले करार कर्मचारी हटाउँदा सेवा प्रवाह प्रभावित भएको भन्दै उक्त निर्णय तत्काल पुनरावलोकन गर्न केन्द्र सरकारलाई सिफारिस गर्नुपर्ने माग  राखेका छन् । मुख्यमन्त्री कार्कीले बैठकलाई सम्बोधन गर्दै प्रदेश सरकारले अघि सारेका पदमार्ग निर्माण, पर्यटन वर्ष घोषणा तथा स्थानीय उत्पादन प्रवर्धनका कार्यक्रम सफल बनाउन स्थानीय तहको सक्रिय सहयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले प्रदेश–स्थानीय तहबिच सहकार्य बिना विकासले गति लिन नसक्ने उल्लेख गर्नुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...