कोशी प्रदेश–स्थानीय तह समन्वयमा नयाँ पहल

Published on

काठमाडौं । कोशी प्रदेशमा प्रदेश सरकार र स्थानीय तहबिच देखिँदै आएको समन्वयको कमजोरी, कानुनी अस्पष्टता र व्यवहारिक समस्यालाई समाधान गर्ने उद्देश्यले प्रदेश समन्वय परिषद् बैठकले ठोस निर्णयहरू गरेको छ । बैठकले विशेषगरी ढुङ्गा–गिटी ठेक्का, वन क्षेत्रको राजस्व सङ्कलन, सीमा व्यवस्थापन र कर्मचारी व्यवस्थापनलाई प्राथमिक एजेण्डाका रूपमा अघि सारेको हो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रदेश समन्वय परिषद्का अध्यक्ष हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहले उठाउँदै आएका समस्याहरूलाई प्रदेशस्तरबाट सम्बोधन गर्ने र आवश्यक परे केन्द्र सरकारलाई औपचारिक रूपमा आग्रह गर्ने निर्णय गरिएको हो ।

पछिल्लो समय धेरै स्थानीय तहले ढुङ्गा–गिटी ठेक्का लगाउन नसक्दा ठुलो मात्रामा राजस्व गुमेको विषयलाई गम्भीर रूपमा उठाइएको थियो । कानुनी अस्पष्टता र वन ऐनसँगको द्वन्द्वका कारण ठेक्का प्रक्रिया रोकिएको भन्दै परिषद्ले यसलाई छिटो कानुनी समाधानमार्फत अगाडि बढाउने निष्कर्ष निकालेको छ । यस्तै, प्रदेशका कतिपय स्थानीय तहमा सीमा व्यवस्थापनसम्बन्धी विवाद र वन क्षेत्रमा स्रोत उपयोग गर्दा देखिएको अन्योललाई पनि स्पष्ट कानुनी ढाँचामार्फत टुङ्ग्याउने निर्णय भएको छ । बैठकले प्रदेश सरकारको आयोजना बैंकलाई सबै स्थानीय तहसम्म विस्तार गर्ने र त्यसभित्र समेटिएका अनावश्यक तथा कार्यान्वयनयोग्य नभएका योजनाहरू हटाएर आयोजना व्यवस्थापनलाई व्यवस्थित बनाउने निर्णयसमेत गरेको छ । प्रदेश सरकारले हालै सम्पन्न गरेको लगानी सम्मेलनमार्फत अघि सारेका ५१ परियोजनामध्ये २४ वटा कार्यान्वयनको चरणमा पुगिसकेको जानकारी दिँदै स्थानीय तहलाई ती परियोजनामा आवश्यक सहजीकरण र समन्वय गर्न आग्रह गरिएको छ ।

त्यसैगरी बैठकमा सङ्घीय सरकारबाट आएको करारका कर्मचारी हटाउने परिपत्रलाई हचुवाको भरमा आएको भन्दै कतिपय स्थानीय तहका प्रतिनिधिहरूले आपत्ति जनाएका थिए । उनीहरूले करार कर्मचारी हटाउँदा सेवा प्रवाह प्रभावित भएको भन्दै उक्त निर्णय तत्काल पुनरावलोकन गर्न केन्द्र सरकारलाई सिफारिस गर्नुपर्ने माग  राखेका छन् । मुख्यमन्त्री कार्कीले बैठकलाई सम्बोधन गर्दै प्रदेश सरकारले अघि सारेका पदमार्ग निर्माण, पर्यटन वर्ष घोषणा तथा स्थानीय उत्पादन प्रवर्धनका कार्यक्रम सफल बनाउन स्थानीय तहको सक्रिय सहयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले प्रदेश–स्थानीय तहबिच सहकार्य बिना विकासले गति लिन नसक्ने उल्लेख गर्नुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...