मोरङ्गीखोलामा डाइभर्सन निर्माण, गाडी सुचारु हुने

Published on

काठमाडौं । पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा गत शनिबार साँझ मोरङको मोरङ्गी खोलाको पश्चिम–दक्षिणको माटो बगेर पुल भासिएपछि अबरुद्ध भएको पूर्वपश्चिम राजमार्ग आज बेलुकाबाट सुचारू हुने भएको छ। काकरभिट्टा–लौकही सडक विस्तार आयोजना पश्चिमखण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले आज साँझसम्म दुईतर्फी सडक सञ्चालन गर्नेगरी डाइभर्सन तयार हुने बताउनुभयो । जमिन सतहबाट अग्लो स्थानमा पुल भएकाले डाइभर्सन तीनसय मिटर लामो बनाएर चौविसै घण्टा काम गर्दा चार दिन लागेको उहाँले बताउनुभयो ।

पुल भासिदा पूर्वपश्चिम राजमार्गमा गुड्ने ठुला सवारी साधनले १६ किलोमिटर घुमेर यात्रा तय गरिरहेका छन् । प्रदेश १–०१–००१–४०५३ का चालक सुदीप भुजेलले भन्नुभयो, “लेटाङ नगरपालिकाले ढाटमा ठुला सवारी साधनलाई आउँदा–जाँदा पचास–पचास रुपियाँ पटके कर लिएकाले भाडा समेत ५० रुपियाँ बढाएर लिएको बताउनुभयो । भुजेलले पटके कर नलिएको भए भाडा बढाउनु नपर्ने बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...