बहुउद्देश्यीय खेल मैदान निर्माण हुने

Published on

काठमाडौं । हेटौँडामा बहुउद्देश्यीय खेल मैदान निर्माणको तयारी थालिएको छ । हेटौँडा उपमहानगरपालिका –४ स्थित भुटनदेवी माध्यामिक विद्यलयको पूर्वी क्षेत्र रहेको उपयोगविहीन अवस्थामा रहेको जग्गालाई बहुउद्देश्यीय खेल मैदानको रुपमा विकास गर्न लागिएको हो । हेटौँडा उपमहानगपालिका वडा ४ का वडाध्यक्ष नवीन सिग्देलले फुटबल, भलिवल, क्रिकेट, बाँस्केटबललगायतको खेलहरू सञ्चालन, सार्वजनिक कार्यक्रम सञ्चालन गर्न र नियमित व्यायामका बहुउद्देश्यीय खेल मैदान निर्माण गर्न लागेको जानकारी दिनुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका  सिग्देलले तत्काल मैदानको सरसफाई कार्य अगाडि बढाइएको भन्दै वडा, उपमहानगरपालिका, प्रदेश, संघीय सरकारको सहयोग जुटाएर सुविधा सम्पन्न खेल मैदान निर्माण गर्ने योजना बनाइएको बताउनुभयो । खेल मैदान निर्माण पश्चात् शैक्षिक संस्था, क्लबलगायतलाई विभिन्न खेल प्रतियोगिता आयोजना गर्न, र सङ्घसंस्था, संगठन र दलहरूले विद्यालयको नीतिभित्र रहेर कार्यक्रम आयोजना गर्न सक्ने विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...