चीन भ्रमणपछि कोरियाली राष्ट्रपति जापान जाँदै

Published on

काठमाडौं । चीन भ्रमण सकेर फर्किनुभएका दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले जापानका प्रधानमन्त्री साने ताकाइचीसँग वार्ता गर्न आगामी हप्ता जापान भ्रमण गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालयका अनुसार उहाँ मङ्गलबार र बुधबार प्रधानमन्त्री ताकाइचीको गृहनगर नारा पुग्नुहुनेछ । यो भ्रमण ताइवान वरपर चीनले हालै गरेको ठूला सैन्य अभ्यास र उत्तर कोरियाले जापान सागरमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको संवेदनशील पृष्ठभूमिमा हुन लागेको हो । सन् २०२५ मा पदभार सम्हाल्नु भएका राष्ट्रपति ली र प्रधानमन्त्री ताकाइची अन्तिम पटक अक्टोबरमा दक्षिण कोरियाको ग्योङ्जुमा आयोजित एपेक शिखर सम्मेलनको अवसरमा भेट्नुभएको थियो । 

गत अगस्टमा प्रधानमन्त्री ताकाइचीका पूर्ववर्ती सिगेरु इसिबासँग भेट गरेपछि यो राष्ट्रपति लीको दोस्रो जापान भ्रमण हो । राष्ट्रपति लीले नारा सहरमा प्रधानमन्त्री ताकाइचीसँग शिखर वार्ता र औपचारिक रात्रिभोजमा सहभागी भई क्षेत्रीय तथा विश्वव्यापी विषयमा छलफल गर्नुहुनेछ ।  साथै अर्थतन्त्र, समाज र संस्कृति जस्ता जनजीवनसँग प्रत्यक्ष सम्बन्धीत क्षेत्रमा व्यावहारिक सहकार्य सुदृढ गर्ने उपायबारे पनि विचार–विमर्श हुने राष्ट्रपति कार्यालयले जनाएको छ । यो भ्रमण प्रधानमन्त्री ताकाइचीको पदभारपछि पहिलो औपचारिक द्विपक्षीय भ्रमण भएकाले दुई देशको सम्बन्धलाई भविष्य उन्मुख र स्थिर दिशामा अघि बढाउने अपेक्षा गरिएको छ । जापानले १९१० देखि १९४५ सम्म कोरियाली प्रायद्वीपमा गरेको उपनिवेशकालीन शासनसँग जोडिएका विषयका कारण दक्षिण कोरिया-जापान सम्बन्ध लामो समयदेखि संवेदनशील रहँदै आएको छ । अघिल्ला राष्ट्रपति युन सुक येओलले जापानसँग सम्बन्ध सुधार गर्ने प्रयास गर्नुभएको थियो भने राष्ट्रपति लीले उत्तर कोरियाप्रति तुलनात्मक रूपमा नरम दृष्टिकोण अपनाउँदै दक्षिण कोरिया र जापानलाई ‘आँगन साझा गर्ने छिमेकी’ जस्तै भन्नुभएको छ ।

यसै हप्ता राष्ट्रपति लीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नुभएको थियो, जुन छ वर्षपछि भएको दक्षिण कोरियाली राष्ट्रप्रमुखको पहिलो चीन भ्रमण हो । बुधबार राष्ट्रपति लीले जापानसँगको सम्बन्ध चीनसँगको सम्बन्ध जत्तिकै महत्वपूर्ण रहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रपतिका प्रवक्ता काङ् यु-जुङका अनुसार चीन भ्रमणका क्रममा राष्ट्रपति लीले कुनै पनि संवेदनशील विषय औपचारिक रूपमा उठाउनुभएको थिएन । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...