काठमाडौं । बालाजुबाट प्रहरीले ४०० बोरा युरिया मल तथा ६० बोरा मकै बरामद गरेकाे छ । काठमाडौं महानगरपालिका वडा १६ बालाजु पुल नजिकबाट ना ६ ख ७०११ नम्बरको मालबाहक ट्रकबाट भन्सार छलेर ल्याएका युरिया मल र मकै बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै, ४०० बोरा युरिया मल (४०० बोरामा प्रति बोरा ४५ किलो) तथा ६० बोरा मकै (६० बोरामा प्रति बोरा ५० किलो) समेत मालवाहक ट्रक तथा चालक राज कुमार महत्तोलाई नियन्त्रणमा प्रहरीले थप अनुसन्धानका लागि भन्सार कार्यालय गौचर बुझाएको छ । गोरखापत्र

