सहकारीमार्फत रहक ठगी हुँदा विश्वास घट्दै

Published on

काठमाडौं । जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदीले धनकुटामा सञ्चालित केही सहकारी सञ्चालकले सहकारीमार्फत रकम ठगी गर्दा विश्वास घट्दै गएकोे बताउनु भएको छ । संघ धनकुटाको १४औँ वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । जिल्लामा केही सहकारी सञ्चालकहरुले नै नियोजित रुपमा रकम ठगी गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘जसले गर्दा पछिल्लो समय सहकारी प्रति जुन विश्वास थियो, त्यो घट्दै गएको छ ।’’

जिल्लामा सञ्चालित उत्कृष्ट र राम्रा सहकारी सञ्चालकहरुलाई समेत प्रश्न उठ्ने गरेको उहाँले बताउनु भयो । यसको असर अरुले समेत भोेग्नु परेको उहाँको भनाइ छ । यस्तै जिल्लामा तीन सय ३० भन्दा बढी सहकारी संस्था क्रियाशिल रहेको पाइएको छ । ती सहकारीमा ३७ हजारभन्दा बढी सदस्य रहेका छन् । संघ वार्षिक साधारणसभामा प्रस्तुत गरिएको तथ्याङ्क धनकुटामा ४२ वटा सहकारी महिलाले मात्रै सञ्चालन गरेको पाइएको छ । कर्याक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक हरिप्रसाद तिम्सिनाले आयव्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सहभागिहरुले जिल्लामा रहेका सहकारीको गतिविधि सकारात्मक बनाउँदै लैजानुपर्ने बताए । यस्तै सहकारीबाट बचतकर्ता ठगिएका बारेमा सहकारी संघले आवश्यक काम कारबाही गरेर अगाडि जानुपर्ने समेत धारण राखेका थिए । साधारण सभामा विषयगत सहकारीका विषयमा सभागीले विभिन्न आफ्ना धारणा समेत प्रस्तुत गरेका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...