खुर्कोटबाट ५७ हजार अमेरिकी डलरसहित एक पक्राउ

Published on

काठमाडौं । सिन्धुलीको घ्याङलेक गाउँपालिकामा एसबीआई बैंकमा लुटपाट भएपछि प्रहरीले राजमार्गमा कडाइ गरेको छ । मङ्गलबार राति नेपाल एसबीआई बैंकको घ्याङलेख–२ बस्तीपुर, हायुटार शाखामा लुटपाट भएको थियो । पाँच–छ जनाको समूहले उक्त बैंकबाट तीन करोड १० लाख ९५ हजार २८३ रुपियाँ लुटेका थिए ।

सोही क्रममा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खुर्कोटमा चेकजाँच गर्दा अमेरिकी डलर ५७ हजार (नेपाली करिब ८० लाख रुपियाँ) सहित युवराज नेवारलाई पक्राउ गरेको हो । सिन्धुलीबाट झापातर्फ जाँदै गरेको सुमो गाडी चेकजाँचका क्रममा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि सुमो चालक विक्रम लिम्बूलाई पनि नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...