‘पार्टी विधानले महाधिवेशन गर्ने अधिकार केन्द्रीय समितिलाई मात्र दिएको छ’

Published on

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विधानले कुनै पनि प्रकारको अधिवेशन तथा महाधिवेशन आयोजना गर्ने सम्पूर्ण अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र दिएको दाबी गर्नुभएको छ। पार्टीका कार्यवाहक सभापति खड्काले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो दाबी गर्नुभएको हो। उहाँले पार्टी विधानअनुसार पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई विशेष महाधिवेशन बोलाउने अधिकार नरहेको स्पष्ट पार्नुभयो। 

उहाँले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेमा केन्द्रले विशेष महाधिवेशन गर्नसक्ने व्यवस्था भए पनि ‘केन्द्र’ भन्नाले केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यालयलाई जनाउने उल्लेख गर्नुभयो। उहाँले गत मङ्सिरमै नियमित महाधिवेशन गर्ने निर्णय पार्टी समितिले गरेको भए पनि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सक्रियताको काम नसकेकै कारण हुन नसकेको जिकिर गर्नुभयो। उहाँले कार्यसमितिले विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्नका लागि प्रक्रिया अगाडि बढाइएको भए पनि तत्कालीन महामन्त्रीद्वयले जिम्मेवारी पूरा गर्न नसकेको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसको विधानले कुनै पनि प्रकृतिको अधिवेशन, महाधिवेशन गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै दिएको छ। पार्टीको केन्द्रीय समितिबाहेक कुनै पनि पदाधिकारीलाई नेपाली कांग्रेसको कुनै पनि अधिवेशन वा महाधिवेशन गर्ने अधिकार नेपाली कांग्रेसले दिएको छैन।’ उहाँले गत मङ्सिरमा तय गरिएको नियमित महाधिवेशन हुन नसकेपछि अगामी वैशाखमा गर्ने निर्णय गरिएको बताउनुभयो। उहाँले गत पुस १५ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयबाटै विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको जिकिर  गर्नुभयो। गोरखापत्र

spot_img

ताजा समाचार

ओलीको निर्वाचन केन्द्रित एकसाता लामो दौडधुप स्थगन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले एकसाता लामो मतदाता...

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

काठमाडौं । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज...

कार्य सम्पादनमा सुदूरपश्चिम प्रदेश उत्कृष्ट

काठमाडौं । सुदूरपश्चिम प्रदेश कार्य सम्पादन मूल्याङ्कनमा लगातार दोस्रो पटक मुलुकमै उत्कृष्ट बनेको छ...

कांग्रेसलाई स्वास्थ्यकर्मीको ४१ बुँदे सुधार प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका शुभेच्छा संस्था तथा लोकतन्त्रवादी स्वास्थ्यकर्मीहरूले आगामी निर्वाचनका लागि पार्टीले तयार...