धारिलो हतियारले युवतीको हत्या

Published on

काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिका –७, सिवाङ झिनडाँडामा शनिबार राति धारिलो हतियार प्रयोग गरी एक युवतीको हत्या भएको छ । अन्दाजी २० वर्षीया पुनमाया विकको धारिलो हतियार प्रयोग गरी शरीरको विभिन्न भागमा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो । 

राति साढे १० बजे घर बाहिर निस्केको समयमा पछाडिबाट अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेपछि विक गम्भीर घाइते हुनुभएको थियो । गम्भीर घाइते अवस्थामा विकलाई राति नै प्रादेश अस्पताल बेनीमा उपचारका लागि ल्याइएको थियो ।  अस्पतालमा उपचारको क्रममा आज बिहान २ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषित गरेको प्रनाउ थापाले जानकारी दिनुभयो । 

घटनाको विवरण प्राप्त भएसँगै प्रहरी टोली राति नै घटनास्थलमा परिचालन गरिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । प्रहरीबाट घटनाको आवश्यक अनुसन्धान थाल्नुका साथै घटनामा संलग्नको खोजी थालिएको उहाँको भनाइ छ । मृतक विकको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

टी–२० विश्वकप : पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत पहिलो सेमिफाइनल खेलमा आज (बुधबार) दक्षिण अफ्रिका र न्युजिल्यान्डबिच प्रतिस्पर्धा...

दाङका मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा जडान

काठमाडौं । दाङका तीनवटै निर्वाचन क्षेत्रमा मतगणनाका लागि मतगणनास्थल तयार गरिएको छ । तीन...

निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न...

कोपा डेल रे बाट बाहिरियो बार्सिलोना

काठमाडौं । स्पेनिस महारथि बार्सिलोना कोपा डेल रेको उपाधि दौडबाट बाहिरिएको छ । घरेलु...