कोपा डेल रे बाट बाहिरियो बार्सिलोना

Published on

काठमाडौं । स्पेनिस महारथि बार्सिलोना कोपा डेल रेको उपाधि दौडबाट बाहिरिएको छ । घरेलु मैदानमा मङ्गलबार राति भएको दोस्रो लेगमा एट्लेटिको म्याड्रिडलाई ३–० गोलले हराएपनि बार्सिलोना बाहिरिएको हो । एट्लेटिको समग्रमा ४–३ गोलले विजयी भयो । यसअघि पहिलो लेगमा बार्सिलोना एट्लेटिकोसँग ४–० गोलले पराजित भएको थियो । क्याम्प नोउमा बार्सिलोनालाई जिताउन मार्क बेर्नालले दुई तथा कप्तान राफिन्हाले एक गोल गर्नुभयो । लगातार थप गोलको अवसर बनाएपनि बार्सिलोनालाई गोल प्रयाप्त बनेन । फाइनलमा एट्लेटिकोले रियाल सोसिडाड र एथ्लेटिको क्लबबिचको विजेतासँग खेल्नेछ । यसअघि पहिलो लेगमा सोसिडाड १–० गोलले अगाडि रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...