आगलागीबाट लाखौंको क्षति

Published on

काठमाडौं । बाजुराको गौमुल गाउँपालिका–२ माल्लोदुगुन (कुहुडा) बसोवास गर्ने स्थानीय विष्णु रोकायाको घरमा आगलागी हुँदा लाखौंभन्दा बढी रुपियाँको क्षति भएको छ । आज बिहान विधुतीय तारबाट आगलागी हुँदा रोकायाको घरमा राखेको नगद तथा अन्न लगायत लाखौं क्षति भएको हो । आगलागीबाट मानवीय र पशुचौपायमा क्षति नभए पनि घरमा रहेको पैसा लुगा कपडा अन्न जलेर नष्ट भएको आगलागी गाउँपालिका–२, माल्लोदुगुन (कुहुडा) का आगलागीपीडित विष्णु रोकायाले बताउनु भयो । 

उहाँले भन्नु भयो, “आगलागीबाट घर तथा घरमा रहेको खाने कुरा लगाउने कपडा सबै जलेर नष्ट भएपछि अहिले मेरो परिवार चिसोमा त्रिपालको बास बस्नु पर्ने भएको छ ।” बर्खाको समय मरिमेटी उतपादन गरेको अन्न र मजदुरी गरेर कमाइ गरेको ५० हजारभन्दा बढी रकम जलेर नष्ट भएपछि अहिले परिवारलाई के खाने र कहाँ गएर बसोवास गर्ने समस्या भएको रोकायाले बताउनु भयो । 

आगलागीबाट रोकायाको बीस लाखभन्दा बढी क्षति भएको गौमुल गाउँपालिका–२ का वडा अध्यक्ष देबबहादुर रोकायाले बताउनु भयो । परिवारको समस्यालाई मध्यनजर गर्दै राहत सहयोग गरिदिन पीडित रोकायाले बताउनु भयो । गोरखापत्र

spot_img

ताजा समाचार

आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न

भक्तपुर- नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम एकल गायन प्रतियोगिता-२०८३ चांगुनारायण नगरपालिका वडा नं ८ मा...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

काठमाडौँ । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी घाइते भएका चालकको उपचारका क्रममा मृत्यु...

डेटा सेन्टरमा ह्याकरको आक्रमणपछि सेयर बजार बन्द गर्नुपर्ने अवस्थामा पुग्यो, नियामकले थाल्यो छानबिन

काठमाडौँ । डेटा सेन्टरमा भएको र्‍यान्समवेयर आक्रमणका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर...

बाल संरक्षणदेखि विपद्पछिको सहयोगसम्म, भ्वाइस अफ चिल्ड्रेन–डेनभर विश्वविद्यालय संवाद

काठमाडौं । बाल अधिकार तथा संरक्षणका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘भ्वाइस अफ...