उपलब्धिको संरक्षण स्थिर विकासको आधारः मुख्यमन्त्री आचार्य

Published on

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपलब्धिको संरक्षण नै स्थिर विकासको आधार भएको बताउनुभएको छ । सोनाम ल्होसार पर्वको अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै उहाँले अहिलेसम्म प्राप्त उपलब्धि जोगाएर अघि बढ्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको हो । ‘‘आजसम्म हासिल गरेका उपलब्धिको रक्षा गर्दै अघि बढ्नु अत्यन्त जरूरी छ । सुशासन, सेवा प्रवाह, पूर्वाधार निर्माण, सामाजिक उत्तरदायित्व र समावेशी योजनामा प्राप्त प्रगतिलाई कायम राख्दै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्न प्रदेश स रकार प्रतिबद्धत छ,’’ मुख्यमन्त्री आचार्यद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘‘उपलब्धिको संरक्षण स्थिर विकासको आधार हो ।’’

मुख्यमन्त्री आचार्यले नेपाली समाज सांस्कृतिक विविधताले समृद्ध रहेको उल्लेख गर्दै हरेक समुदायका मौलिक चाडपर्वले नेपाली पहिचान, इतिहास र सामाजिक सम्बन्धलाई बलियो बनाइरहेको बताउनुभयो । सन्देशमा भनिएको छ, ‘‘यिनै मूल्य र परम्पराले हाम्रो समाजलाई मजबुत बनाउँछन् । प्रदेश सरकारले सबै चाडपर्वलाई समान सम्मान र महत्व दिँदै आएको छ ।’’ समृद्ध प्रदेश र खुसी जनताको साझा लक्ष्य पूरा गर्न मौलिक संस्कृति, सम्पदा र सभ्यतालाई पर्यटनसँग जोडेर विकासका नयाँ मार्ग खुलेको उल्लेख गर्नुभयो ।

‘‘लुम्बिनी प्रदेशको प्राकृतिक र सांस्कृतिक विविधता आफैँमा ठूलो शक्ति हो’’ सन्देशमा भनिएको छ, ‘‘यसलाई पर्यटनसँग जोडेर स्थानीय अर्थतन्त्र सुदृढ बनाउने, नयाँ रोजगारी सिर्जना गर्ने र सांस्कृतिक पहिचानको दिगो संरक्षण गर्ने दिशामा प्रदेश सरकार दृढतापूर्वक अघि बढिरहेको छ ।’’ गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...