भूराजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा .भट्टराई

Published on

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले व्यक्तिगत महत्वाकाङ्क्षाभन्दा पनि राष्ट्रिय स्वाधीनता र भूराजनीतिक सन्तुलनको आवश्यकताले आफूले गोरखा क्षेत्र नं २ बाट उम्मेदवारी दिन लागेको बताउनुभएको छ ।  गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईले यसअघि चुनाव नलड्ने घोषणा गरेको भए पनि पछिलो राजनीति परिस्थिति र गोरखाका जनताको अनुरोधलाई स्वीकार गरेर आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिन लागेको बताउनुभयो ।

  “प्रतिनिधिसभा राज्यको जनप्रतिनिधिको सर्वोच्च थलो भएकाले त्यहाँ रहेर नै राष्ट्रिय स्वाधीनता, सर्वभौमसत्ता र सुरक्षा नीतिसम्बन्धी महत्वपूर्ण निर्णय गर्नुपर्छ,” उहाँले भन्नुभयो, “भूराजनीतिक सन्तुलन मिलाएर देशलाई स्वाधीनताको मजबुत दिशातर्फ लैजान प्रतिनिधिसभामा सक्रिय भूमिका खेल्नुपर्छ भन्ने लागेर उम्मेदवारी दिन लागेको हुँ ।”  संसद् बाहिरबाट भन्दा संसद्‌भित्र बसेर राष्ट्रहितका एजेन्डा प्रभावकारी रूपमा अघि बढाउन सकिने डा.भट्टराईको भनाइ थियो । लामो छलफलपछि उहाँले प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० बाट गोरखा–२ मा उम्मेदवारी दिने निर्णय गर्नुभएको हो । गोरखापत्र

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...