इलाम-२ मा सुहाङ नेम्वाङको उम्मेदवारी दर्ता

Published on

काठमाडौं । पछिल्लो पटक युवामाझ लोकप्रिय बन्दै गएका एमाले नेता सुहाङ नेम्वाङले प्रतिनिधिसभा निर्वाचनका लागि इलाम-२ मा आफ्नो उम्मेद्वारी दर्ता गराउनु भएको छ । अघिल्लो पटक उप-निर्वाचनमा निर्वाचित नेम्वाङलाई एमालेले इलाम-२ का लागि एकल उम्मेदवार सिफारिस गरेको थियो । यसअघि सोही क्षेत्रबाट निर्वाचित नेम्वाङ् गएको २०८१ वैशाखमा सम्पन्न उपनिर्वाचनमा २७ हजार ७ सय ७२ ल्याएर विजयी हुनु भएको थियो । नेम्वाङ्का निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले सो निर्वाचनमा २२ हजार ९ सय ४२ मत ल्याउनु भएको थियो । 

उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलहरूको गठबन्धनलाई पराजित गर्दै विजयी बनेका नेम्वाङले आफ्नो उम्मेदवारी दर्ता पछि आफ्नो क्षेत्रका लागि धेरै अधुरा र अपुरा काम गर्न बाँकी रहेकाले पनि आफ्नो उम्मेदवारी अपरिहार्य रहेको बताउनु भयो । उता इलाम–१ मा नेकपा एमालेका काजीमान कागतेले उम्मेदवारी दर्ता गराउनु भएको छ । यसअघिका निर्वाचनमा इलामका दुवै क्षेत्रमा नेकपा एमाले विजयी हुँदै आएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...