काठमाडौं । पोखरा महानगरपालिका २३ ठुलाखेत घर भइ पोखरा महानगरपालिका ७ सृजनाचोक बस्ने ३२ वर्षीय प्रेम भन्ने रमेश कामीलाई श्रीमतीको हत्या गरेको आरोपमा वडा प्रहरी कार्यालय बैदाम पोखराको समन्वयमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले पक्राउ गरेको छ । धवलागिरी गाउँपालिका ७ झिनडाँडा माइती घरगएको बेला यही माघ ३ गते राति २० वर्षीया पुनमायाँ विकलाई पछाडीबाट धारिलो हतियार प्रहार भएको थियो । धारिलो हतियार प्राहरबाट घाइते हुनुभएको विकलाई प्रादेशिक अस्पताल बेनीमा ल्याउँदा राति २ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।
घटनास्थल पुगेको प्रहरीले खोजतलास गर्दै जाँदा पोखरा महानगरपालिका १७ बिरौटाबाट माघ ४ गते राति नियन्त्रणमा लिएर अनुसन्धान थाल्दा आरोपितले धारिलो हतियार प्राहार गरेर भागेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक(इन्सपेक्टर) गोविन्द सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार आरोपितलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत म्याग्दीबाट माघ ६ गते ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ । गोरखापत्र

