स्याङ्जामा महिला उम्मेदवार शून्य

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनमा स्याङ्जामा महिला उम्मेदवारलाई उपेक्षा गरिएको छ । सबै दलले उम्मेदवार सिफारिस गर्दा महिला उम्मेदवार सिफारिस गरे पनि उम्मेदवार छनोट गर्दा उपेक्षा गरिएको हो । ईवटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा ६ जना स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी पर्दा महिला उम्मेदवार शून्य रहेको हो । क्षेत्र नं –१ मा ११ वटा राजनीतिक दलसहित १३ जनाले उम्मेदवारी दर्ता गर्नुभएको छ भने क्षेत्र नम्बर ११ राजनीतिक दलसहित १५ जनाले उम्मेदवारी दर्ता गनुभएको छ ।

निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, मङ्गोल नेसनल अर्गनाइजेसन, प्रगतिशिल लोकतान्त्रिक पार्टी, उज्यालो नेपाल, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, जनता समाजवादी पार्टी, श्रम संस्कृति पार्टीका उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुभएको छ । दलले महिला उम्मेदवारलाई उपेक्षा गर्दा आफैँ स्वतन्त्र उम्मेदवारी दर्ता पनि कसैले नगरेका हुन् ।

२०७९ सालको निर्वाचनमा भने स्याङ्जामा तीन जना महिलाको उम्मेदवारी परेको थियो । क्षेत्र नं –१ म जन समाजवादी पार्टीबाट तिलकुमारी नेपालीले उम्मेदवारी दिएर १७ मत ल्याउनुभएको थियो । यस्तै क्षेत्र नं –२ बाट नेकपा एमालेबाट पद्माकुमारी अर्याल र राष्ट्रिय जनमुक्तिबाट ऋषिसरा गाहा मगर चुनावी मैदानमा उत्रिनुभएको थियो । अर्यालले २५ हजार ८२३ मत ल्याउँदा गाहाले ३२४ मत ल्याउनुभएको थियो ।  गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...