सुदूरपश्चिममा दुई सय १० जनाको उम्मेदवारी

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि २१० जनाको उम्मेदवारी परेको छ । १६ सिटका लागि स्वतन्त्रसहित विभिन्न पार्टीका गरेर २१० जनाको उम्मेदवारी परेको हो । प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा बढी ७८ जनाको उम्मेदवारी परेको छ । यसैगरी, तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ५५ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन क्षेत्र नम्बर १ र २ मा १९–१९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, ३ मा १७ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिनु भयो । दुई निर्वाचन क्षेत्र रहेको अछाममा १७ जनाको उम्मेवारी परेको छ । अछामको निर्वाचन क्षेत्र नम्बर १ मा ८ र निर्वाचन क्षेत्र नम्बर २ मा नौ जनाको उम्मेदवारी परेको छ । यस्तै, डोटीमा नौ, बाजुरामा आठ, बझाङमा सात, बैतडीमा १२, दार्चुलामा ११ र डडेल्धुरामा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...