पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद

Published on

काठमाडौं । दक्षिण कोरियाको एक अदालतले बुधबार पूर्वप्रधानमन्त्री हान डकसुलाई नागरिक शासनलाई केही समयका लागि निलम्बन गर्ने मार्सल लको घोषणामा सहयोग र उक्साहट गरेको अभियोगमा २३ वर्षको जेल सजाय सुनाएको छ । सियोल केन्द्रीय जिल्ला अदालतका न्यायाधीश ली जिन-ग्वानले फैसला सुनाउँदै प्रतिवादीले ‘अन्त्यसम्म प्रधानमन्त्रीका रूपमा आफ्नो कर्तव्य र जिम्मेवारीलाई बेवास्ता गर्नु भएको ठहर’ गर्नुभयो । अदालतले अभियोजकले मागेको सजायभन्दा आठ वर्ष बढी कैद तोकेको हो । ७६ वर्षीय अनुभवी टेक्नोक्रेट हानलाई फैसला सुनाइएपछि तुरुन्तै जेलमा उपस्थित हुन आदेश दिइएको छ । न्यायाधीश लीका अनुसार तत्कालीन राष्ट्रपति युन सुक योलले डिसेम्बर २०२४ मा जारी गर्नुभएको मार्सल ल डिक्री ‘संवैधानिक व्यवस्थालाई बिगार्ने उद्देश्य’ का साथ ल्याइएको थियो र त्यसलाई विद्रोह सरह मान्नुपर्ने अवस्था देखिएको छ ।

युनको आश्चर्यजनक मार्सल ल घोषणापछि विपक्षी नेतृत्वको संसदले त्यसलाई भिटो गर्नु अघि राष्ट्रिय सभा र राष्ट्रिय निर्वाचन आयोगमा सशस्त्र सेना तैनाथ गरिएको थियो । यस घटनाक्रमपछि युनलाई अप्रिलमा संवैधानिक अदालतले महाभियोगमार्फत पदबाट हटाएको थियो र दुई महिनापछि उपचुनाव प्रक्रिया सुरु भएको थियो । हान पनि युनसहित ती पूर्व उच्च अधिकारी मध्ये पर्नु हुन्छ, जसले मार्सल ल प्रयासमा खेलेको भूमिकाका कारण मुद्दा भोगिरहेका छन् । न्यायाधीश लीले टेलिभिजनमार्फत फैसला सुनाउँदै हानले ‘युन र अन्यको विद्रोही कार्यमा कम्तीमा पनि औपचारिक रूपमा प्रक्रिया गत आवश्यकताको पालना सुनिश्चित गरेर महत्वपूर्ण भूमिका खेलेको’ ठहर गर्नुभयो ।

अदालतका अनुसार हानले यस कदमप्रति युनसँग चिन्ता व्यक्त गर्नु भएको भए पनि उहाँले स्पष्ट रूपमा विरोध जनाउन वा अन्य मन्त्रीलाई यसबाट रोक्न आग्रह गर्न असफल हुनु भएको थियो । मुद्दाको सुनुवाइका क्रममा हानले आफूले कहिल्यै मार्सल ल घोषणालाई समर्थन वा सहयोग नगरेको दाबी गर्दै कुनै पनि गलत कार्यमा संलग्न नभएको बताउनु भएको थियो । अप्रिलमा युन पदबाट हटाइएपछि हान कार्यवाहक राष्ट्रपतिको भूमिकामा पुग्नुभएको थियो र एक समय आकस्मिक चुनावमा बलियो रूढीवादी दावेदारका रूपमा पनि हेरिनु भएको थियो । तर मे महिनामा राष्ट्रपतिको उम्मेदवारी दिने प्रयासका क्रममा युनको दलले उहाँलाई आधिकारिक उम्मेदवार नबनाएपछि, उहाँको राजनीतिक अभियान चाँडै कमजोर बनेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...