साफ यु–१९ महिला च्याम्पियनसिप : नेपाली टोलीको घोषणा

Published on

काठमाडौं । पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । चार टोली सहभागी च्याम्पियनसिपमा नेपालले पहिलो खेल भारतसँग खेल्ने भएको छ । पोखरा रङ्गशालामा हुने च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बङ्गलादेश र भुटानको सहभागिता रहने छ । सिङ्गल राउन्ड रोविन लिगका आधारमा हुने खेलमा लिगपछि शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुने छ । 

नेपाली टोलीका खेलाडीहरुमा अलिजा विक, अनिता रानामगर, आशिका कार्की, वर्षा कुवँर, वर्षा ओली, भूमिका बुढाथोकी, ज्ञान्सु डोल्मो लो, झर्ना डुम्राकोटी, जुना तामाङ, कृतिशा तामाङ, माया मास्के र मीनमाया श्रेष्ठ रहनुभएको छ । यस्तै टोलीमा निर्मला आचार्य, प्रजिता राई, पूर्णिमा ताडी, सारा लिम्बू, सबनम राई, सलोनीकुमारी चौधरी, संगीतकुमारी मल्ल, सेनु पारियार, सृजना बडुवाल, सुशिला केसी र यमकुमारी विक हुनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...